२०० बढी प्रमुख उपप्रमुख दोहोरिए, झण्डै ४०० अस्वीकृत

  • जेठ १०, २०७९ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । स्थानीय तहको प्रमुख/उपप्रमुखबाट राजीनामा दिएर करिव ६०० जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए । उनीहरुमध्ये करिव एक तिहाई पुन: निर्वाचित भएका छन् भने करिव ४०० लाई मतदाताले अनुमोदन गरेनन् ।

निर्वाचन आयोगको आइतबार अपरान्हसम्मको तथ्यांक हेर्दा, २११ जना प्रमुख/उपप्रमुख पुन: निर्वाचित भएका छन् । नाम र थर लेख्ने क्रममा केही फरक परेकाले यो संख्या केही तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

काभ्रेको पाँचखालमा महेश खरेल, मोरङको रंगेली नगरपनलिकामा दिलीप अग्रवाल लगायतका केही पुन: प्रमुख चुनिएका छन्, जुन तथ्यांक यसमा समावेश छैन । अन्तिम परिणाम आउन बाँकी भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र ललितपुरको मेयरमा चिरिबाबु महजर्नले फराकिलो अग्रता बनाएका छन् ।

हालसम्म प्राप्त तथ्यांकमा भने अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेर यो पटक फेरि चुनाव लडेका करिव दुई तिहाईलाई भने जनताले अस्वीकार गरेका छन् । ‘स्थानीय तहमा अधिकार गइसकेपछि जनप्रतिनिधिहरु दोहोरिन खोज्छन् ।

यसअघि २०४८ र २०५४ सालमा पनि यस्तै देखिएको थियो’ स्थानीय शासनविज्ञ डा. श्यामकृष्ण भूर्तेल भन्छन्, ‘त्यतिबेला पहिले (२०४८ सालमा) कांग्रेस र पछि एमालेले एउटा लहर ल्याएको थियो । अहिले त्यो भन्दापति व्यक्तिको पृष्ठभूमि र क्षमताका आधारमा मत गएको छ ।’

स्थानीय तहको प्रमुख दुई पदमा दोहोरिनेमध्ये नेपाली कांग्रेसका ९० जना छन् । माओवादी केन्द्रबाट २८ जना दोहोरिएको देखिन्छ । अघिल्लोपटक एमालेबाट निर्वाचित ५ जना यसपटक एकिकृत समाजवादीबाट निर्वाचित भए । एमालेका अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेका ७० जना दोस्रोपटक निर्वाचित भए ।

अघिल्लोपटक दलबाट उम्मेदवारी दिएर अहिले स्वतन्त्र रुपमा निर्वाचित भएका एकाध छन् ।

यस्तै नगर र गाउँपालिकामध्ये ४९ नगरपालिकामा मेयर दोहोरिएका छन् भने २९ नगरपालिकामा उपमेयर दोहोरिएका छन् । ८१ गाउँपालिकामा अध्यक्ष दोहोरिएर निर्वाचित भए । उपाध्यक्ष दोहोरिने गाउँपालिकाको संख्या ५२ छ ।

संख्याको आधारमा हेर्दा प्रमुख पदमा पुरुष र उपप्रमुख दलमा महिला बढी दोहोरिएको देखिन्छ । प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य उम्मेदवार हुनुपर्ने व्यवस्थाका कारण अघिल्लोपटक दलहरुले उपमेयरमा धेरै महिला उठाए ।

त्यसअनुसार उपप्रमुख पदमा महिलाको उपस्थिति उत्साहजनक थियो । यसपाली प्रमुख/अध्यक्ष पदमा मात्र होइन, उपप्रमुख पदमै महिलाको उम्मेदवारी कम भयो । दलहरुले चुनावी गठबन्धन गरेर प्रमुख र उप्रमुख फरक फरक दलले लिँदा दुबै पदमा पुरुष नै पुरुषको उम्मेदवारी परेको थियो ।

र, १५० भन्दा बढी पालिकाको प्रमुख र उपप्रमुख दुबै पुरुष चुनिएका छन् । त्यसका बाबजुद केही उपप्रमुख महिला दोहोरिएर जितेका छन् ।

स्थानीय शासनविज्ञ डा. भूर्तेलको विचारमा कतिपय जनप्रतिनिधिलाई स्थानीय तहमै रमाउने स्वभाव हुन्छ । ‘अन्य मुलुकहरुमा पनि मेयर बनेर लामो समय विताएका उदाहरण छन् । उनीहरु त्यही रमाउँछन्, अरु रुची हुँदैन’ डा. भूर्तेल भन्छन्, ‘चार वर्षमा जसले राम्रो काम गरे, ती दोहोरिएका छन् । राम्रो काम गर्न नसक्नेहरुको केही उपाय लागेन । यो एकदमै ठिक भएको छ ।’

दोहोरिने रहर गरेकामध्ये दुई तिहाई पुराना जनप्रतिनिधिमाथि जनताले विश्वास गरेनन् । कतिपय ठाँउमा राम्रा काम गरेकाहरु पनि निर्वाचित हुन नसकेको र कतिपयमा औसतभन्दा कम नतिजा दिएकाहरु पनि तालमेल र अन्य कारणले निर्वाचित भएको उनले बताए । डा. भूर्तेलले भने, ‘अब काम गरिएन भने कुनै दलका कारणले मात्रै जनताले मत दिँदा रहेनछन् भन्ने सन्देश गएको छ ।’

५ जनाले पाए थप जिम्मेवारी

दोहोरिएकामध्ये एकजना महिला मात्रै अघिल्लो र यसपटक पनि प्रमुखमा निर्वाचित भइन् । सिन्धुली सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहरा यसपटकपनि त्यही पदमा निर्वाचित भइन् ।

दोहोरिएकामध्ये पाँच जनाले मात्रै अघिल्लो पटकको तुलनामा यसपटक थप जिम्मेवारी पाए । पाँच महिला उपप्रमुख/उपाध्यक्षहरु यसपटक प्रमुख/अध्यक्षमा निर्वाचित भए । चितवन माडी नगरपालिकाकी उपप्रमुख तारा कुमारी महतो यसपटक प्रमुख निर्वाचित भइन् ।

झापा विर्तामोडीकी उपप्रमुख पवित्रा देवी महतरा यसपटक मेयरमा निर्वाचित भइन् । सिन्धुलीको फक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार पनि यसपटक अध्यक्ष निर्वाचित भइन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अघिल्लोपटक उपमेयर रहेकी मोहन माया भण्डारी यस पटक मेयर चुनिइन् । अघिल्लोपटक उपाध्यक्ष भएर यसपालि अध्यक्ष बन्नेमा प्यूठानको गौमुखी गाउँपालिकाका विष्णु कुमार गिरी एक्ला पुरुष हुन् ।

वडाध्यक्षहरु पनि दोहोरिए

अघिल्लो कार्यकालका वडाध्यक्ष/वडा सदस्यहरु माथिल्लो पदमा प्रतिस्पर्धा गरेर निर्वाचित भएकाले दोहोरिने कुल जनप्रतिनिधिको संख्या अझै बढी हुन्छ ।

निर्वाचन आयोगका अधिकारीहरु, हरेक पालिकामा एकाध वडाध्यक्ष दोहोरिएकाले दोहोरिने वडाध्यक्ष कम्तिमा पनि एक हजारको हाराहारीमा हुने अनुमान गर्छन् ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब