सिरहा नपा मेयर यादबको पहिलो चार निर्णय : कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठन-पाठन

  • जेठ १२, २०७९ | १,५६३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ११ जेष्ठ । सिरहा नगरपालिकाका नव निर्वाचित मेयर डा. नविन कुमार यादबले बुधवार पदभार ग्रहनसँगै ४ वटा निर्णय गरका छन् ।

नगरवासीका लागि २४ घण्टा समय दिने भन्दै आफन्तको मृत्यु  हुदाँ  काजकिरिया गर्न नसकने एकदमै गरिव आसाय एंम आर्थिक रुपले कमजोर परिवारलाई किरिया खर्चका लागि एक मुष्ठ रु. १० हजार उपलब्ध गराउने पहिलो निर्णय  गरका छन् । आर्थिक अवस्था कमजोर भएका गरिव जेहनदार दलित विद्यार्थीहरुलाई किताव, कपि र कलम विद्यालय पोषाक उपलब्ध गराउने, आर्थिक अवस्था निकै कमजोर रहेका गरिव असाहय दलित वर्गलाई छोरी विवाहको लागि विवाह समाग्री खरिद गर्न एक मुष्ठ रु. १० हजार उपलब्ध गराउने र कक्षा १ देखि ३ सम्म तत्काल सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन- पाठन गराउने निर्णय पहिलो दिनमा लिइएका छन् ।

स्वागत कार्यक्रममा मेयर यादबले भने, आब आज देखि हामी कुनै पार्टिको नभई सिरहा नगरवासीका नेतृत्व कर्ता हौँ । त्यसैले यो पार्टि, त्यो पार्टि भनी कुनै विभेद कसैसँग नहुने र नगरवासी जनतका सामान रुपमा कार्य गर्ने प्रतिवद्धता गर्नु भयो । तपाईहरुलाई कुनै समस्या भए ढुक्क साथ निर्धक पूर्व आउनुस् छलफल गरेर सामाधान गरछौँ। 

विकास कुनै जादुको छरी होइन् । हामी आज देखि सुरु गरियौँ । अबको तिन महिनमा कार्य देखिन्छ र पाँच वर्ष भित्र सिरहा नगरपालिका नमूना नगरपालिका बनाएर दिने प्रतिवद्धता पनि मेयर यादबले गर्नु भयो । हामी विकास लाधने कार्य होइन् । तपाईहरुसँग छलफल गरी आवश्यक योजना बनाइ कार्य गर्ने छौँ । सबैसँग सकारात्मक सहकार्य गरी विकास कार्यक्रम कार्यन्वयन गर्ने यादबले बताए।

कार्यक्रमको प्रमुख अथितिय मान्नयी भुत पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले शभकामान संदेश दिदै भने, जनप्रतिनिधि जनताका नोकर हो । मालिक बन्ने प्रयास नगर्नु होला । जनता समक्ष गरेका प्रतिवद्धताहरुलाई कुनै विभेद नगरी सामान रुपमा कार्यन्वयन गर्नु होला। जनताले आफ्नो मत दिई पछाडी परेको सिरहा नगरपालिकाको विकासलाई सबल र समृद्ध बनाउनका लागि दिइएका छन् । सिरहा नगरपालिकाको जनताले विकास नगर्ने जनप्रतिनिधिलाई कसरी परिवार्तन गर्छ भने देखाई दिएको छ । यसबाट सिक्नु होला र विकासका लागि अहोरात्र खटी नगरपालिकालाई नमूनाकै रुपमा विकास गर्नु होला।

पदभार ग्रहन प्रशासकीय अधिकृत बलिराम यादबले मेयर र उपमेयरलाई गराउनु भयो । भव्य र सव्य रुपमा सिरहा नगरपालिकाका २२ वटा वाडाबाट सहभागि वडाअध्यक्ष र आम जनतालाई स्वगत कार्यक्रममा सफल व्यवस्थापन गरी मेयर र उपमेयरका प्रतिवद्धतासँग जोडने कार्य गरेको भन्दै प्रशासकीय प्रमुख यादबलाई पनि नगरवासीले धन्यवाद गरेका छन् ।

283327423_1048559575791030_1215984432420186185_n

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब