अध्यक्षको पदस्थापन : डोम महिला प्रमुख अतिथि, पण्डित र मौलानाबाट पूजा

  • जेठ १३, २०७९ | ५४७ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । मधेशका जिल्लामा डोम समुदायलाई अहिले पनि सबैभन्दा तल्लो दर्जामा राख्दै छुवाछुत मान्ने गरिन्छ । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधिको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि डोम समुदायकी एक महिलालाई नै बनाइएको छ ।

छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्षसहित जनप्रतिनिधिको शपथ ग्रहण र पदस्थापन कार्यक्रमका प्रमुख अतिथि ५५ वर्षीया राजेदेवी मरिक भइन् । गाउँपालिकाको वडा नम्बर ३ निवासी मरिक डोम समुदायकी एकल महिला हुन् ।

पानसमा दियो बालेर उनले शपथ तथा पदस्थापन कार्यक्रमको उद्घाटन गरिन् । यो गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय युवक विद्यानन्द चौधरी निर्वाचित भएका छन् । चौधरीले समाजमा कायम रहेको छुवाछुतको भावनालाई तोड्न डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथि बनाएको बताए ।

‘मलाई विश्वास छ, यसले सकारात्मक सन्देश जान्छ र छुवाछुत हट्छ’ उनले भने, ‘म छुवाछुत हटाउनका लागि पनि काम गर्छु ।’ अध्यक्ष चौधरीले निर्वाचनअघि आफूले गरेका हरेक घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

अध्यक्ष चौधरीले आफ्नो पदस्थापन ग्रहण गर्ने क्रममा हिन्दू समुदायका पण्डित र मुस्लिम समुदायका मौलानाबाट पूजा गराएका छन् । छिन्नमस्ता मन्दिरका पिठाधीश महाकान्त ठाकुर नेतृत्वमा रहेका पूजारी तथा मोहम्मद अब्दुल अजिज साहेबको नेतृत्वमा रहेका मौलानाले आ–आफ्नो धार्मिक चलन अनुसार अध्यक्ष चौधरीको पदस्थापन गराए ।

यसले धार्मिक सहिष्णुता कायम हुने विश्वास आफूलाई रहेको अध्यक्ष चौधरीले बताए । ‘म सबै वर्ग, जाति, समुदाय, धर्मको अध्यक्ष हुँ, सबैका लागि काम गर्छु’ उनले भने, ‘समाजमा शान्ति स्थापना, धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न पनि सदैब ध्यान दिन्छु ।’

पदस्थापन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन गराउने पहिलो निर्णय गरेका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब