सिरहा नपाको कान्छा वडाअध्यक्षका पहिलो पाँच निर्णय : कक्षा ५ सम्मका विद्यार्थिलाई पोषाक सहितका सम्पूर्ण शैक्षिक समाग्री उपलब्ध गराउने

  • जेठ १३, २०७९ | १,६६० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ६ को कान्छा वडाअध्यक्ष इन्द्रजित कुमार गोठियाँ ( यादब) ले शुक्रवार पदभार ग्रहनसँगै ५ वटा निर्णय लिइएका छन् । परिवार बाँधका राजनीतिलाई तोडन नेकापा एकिकृत समाजवादी पार्टिबाट निर्वाचन लडे २६ वर्षका गोडियाँलाई जनताले भारी मतबाट जिताएका छन् । 

जनताका इच्छा अनुसारका योजना बनाई कार्य गर्ने उनका पहिलो प्रतिवद्धता हो । तर पदभार ग्रहनसँगै उनले शिक्षामा सबैका पहुँचका लागि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोषाक, जुता, टाई वेलट, किताब, कपि र पेन निःशुल्क उपलब्ध गराउने पहिलो निर्णय लिइएका छन् । प्रत्येक वर्ष एस.इ.ई. पास गरको जेहेनदार १/१ जना छात्रछात्रालाई माध्यमिक शिक्षा अध्ययनका लागि रु. ११ हजार नगद पुरस्कार उपलब्ध गराउने, वडा भित्रका अति विपन्न परिवारका कुनै सदस्यका मृत्यु भए रु. ५ हजार किरिया खर्चका लागि उपलब्ध गराउने, वडाबाट सिरहा दरमुकामका सम्मका लागि विरामीलाई एम्बुलेन्स भाडा सहयोग गर्ने र प्रत्येक वर्ष दुई कट्ठा भन्दा बढी तरकारी खेती गर्ने किसानलाई रु. ५ हजार नगद सहयोग उपलब्ध गराउन निर्णय पहिलो दिन लिइएका छन् ।

मैले वडाअध्यक्ष होइन् जनताका चपरासी भएर काम गर्न तयार छु । मबाट हुने कुनै पनि गलतलाई लुकाएर होइन सुझाव साथ दिनु होला । मैलै अरु जस्तै लुकाएर कागजमा कार्य गर्ने होइन् । सबै योजना तपाईहरुसँग छलफल गरी पारर्दशी रुपमा विकास गर्ने प्रतिवद्धता गर्छु । म युवा हुँ । युवाका शिर माथि उच्चालन वडामा शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा राखि कार्य गर्ने छु । कुनै कार्यालयमा कर्मचारी ढिलो आए जनाकारी गराउनु होला । कर्मचारीले दुरव्यवहार गरे मलाई भन्नु होला । त्यस्ता कर्मचारीलाई समान साथ कानून बमोजिमको करवाही तत्कालै गर्ने गोडियाँले प्रतिवद्धता गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथिय मधेश प्रदेशको कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री माननीय प्रमोद यादबले सिरहा नगरपालिकाको पहिलो एजेन्ड डुवान क्षेत्र हुनु पर्छ । पालिकाभरी पानीको डुवानका कारण जनताका जनजीवन प्रभावित भईरहेकोले यस समस्या समयमा सामाधन हुनु पर्छ । नव निर्वाचित जनप्रतिनिधिहरुले यि समस्या माथि गम्भिर भई छिटो भन्दा छिटो कार्य सुरु गर्न यादबले अनुरोध गरे ।

निर्वाचित जनप्रतिनिधिहरुले अब पार्टि भन्दा जनताका भएकोले कसैसँग कुनै विभेद नगरी जनहितका कार्य गरी सबै प्रतिवद्धता पुरा गर्नु होला यादबले शुभकामना दिनु भयो । जनतका सम्पूर्ण विकासका सवालमा आउने निर्वाचनमा सिरहा जिल्लामाका विभिन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरुमा गठनबन्धन गरी अगाडी बढने नेकापा एसको तयारी भईरहेकोले निर्वाचन तयारीमा लाग्न मन्त्री यादबले नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नु भयो ।

2

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब