गोलबजार नपाका मेयर श्रेष्ठको पहिलो निर्णय : फुसका छानालाई जस्ता पाताले विस्थापित गर्ने

  • जेठ १३, २०७९ | ६३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन्। मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगरक्षेत्रमा रहेका फुसका छाना भएका घरहरुलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरुलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशूल्क गर्ने निर्णय गरेका हुन्।

नगरक्षेत्रमा तत्काल खोनेपानीको व्यवस्था मिलाउन वोर्डिङ्ग जडान गर्ने निर्णय गरेको छ। उत्तरी क्षेत्र र नगरक्षेत्रका मूख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोर्डिङ्ग जडान गर्ने जनाए। आजै एक समारोहविच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी सासंद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठले अवका जनप्रतिनिधीहरुले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने वदाए। यस अघि निर्वाचित जन प्रतिनीधिहरुको काँधमा ऐन कानुन बनाउने, कार्यलय भवनहरु बनाउने लागाएतका जिम्मेवारीहरु समेत रहेको बताउँदै अवका जनप्रतिनीधिले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने औंल्याय।

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले विकास निर्माणसँगै स्थानीय सरकारले पारदर्शिता र सुशासन कायम गर्नु पर्ने बताए।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थानीय सरकार जनताको सवैभन्दा नजिकको सरकार रहेको बताउँदै जनभावना अनुसार कामगरे पुनः अनुमोदन हुने बताए।

उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले स्थानीय सरकारले विकास निर्माणसँगै सुशासन, पारदर्शितामा जोड दिनुपर्ने बताए।

 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब