सिरहा नगरपालिकामा संस्थागत र विषयगत समिति गठन

  • जेठ २५, २०७९ | ६४८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २४ जेष्ठ । सिरहा नगरपालिकामा संस्थागत र विषयगत समिति गठन गरिएको छ । पालिकाको काम करवाही व्यवस्थित पारदर्शी, मितव्ययी एवं जनहितमा केन्द्रित तथा स्थानीय सरकार सञ्चालन एने २०७४ मा व्यवस्था भएका बार्षिक योजना तर्जुमासँग सम्बन्धित संस्थागत संयन्त्रको रुपमा समिति एवं विषयगत समिति कार्यपालिकाबाट पारित गरी गठन गरिएको छ ।

कार्यपालिकाले आर्थिक विकास समितिका लागि तीन सदस्या समिति गठन भएका गरेका छन् । समितिमा रामदयाल यादब संयोजक, विनोद कुमार यादब र इन्दिरा देवी कर्ण दुई जना सदस्य रहेका छन् । त्यस्तै तीन सदस्य सामाजिक विकास समितिमा सुरेन्द्र मण्डल संयोजक, जिवछ नारायण यादब र हिरा देवी राय कुर्मी सदस्या रहेका छन् ।

पूर्वधार विकास समितिमा रामचन्द्र यादब संयोजक, मो. शमसाद र शोभा देवी यादब रहेका छन् । वन, वातावरण तथा विपद् व्यवस्थापन समितिमा जागेश्वर यादब संयोजक, रामवली मुखिया र तारा देवी सदा सदस्य रहेका छन् । सुशासन तथा संस्थागत विकास समितिमा विनोद कुमार कामती संयोजक, शैलेन्द्र कुमार यादब र रामकाशी देवी यादब सदस्या रहेका छन् । बजेट तथा कार्यक्रम तर्जुमा समितिमा बविता कुमारी साह संयोजक र विषयगत समितिका संयोजक रसदस्यहरु सबै सदस्या रहेका छन् । अनुगमन तथा सुपरिवेक्षण समितिमा बविता कुमारी साह संयोजक, प्रदिप कुमार मण्डल र तारदेवी  सदा रहेको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले जानकारी दिनु भयो ।

अब सबै समिति विस्तार भएसँगै नगरपालिकाको सम्पूर्ण कार्यक्रम गति लिने यादबले बताए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब