चार प्रदेशमा लगातार वर्षा सम्भावना

  • जेठ २७, २०७९ | ४०० पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ ।

लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।

आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी परिरहेकाले हल्का तथा मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

चार प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाएका बेला तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ । आज पनि यी तीन प्रदेशमा घाम चर्किने अनुमान गरिएको छ  । गर्मीले त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

पछिल्लो २४ घण्टामा नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने दिपायलको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव ५ डिग्री सेल्सियस, दाङ घोराहीको ३५ डिग्री सेल्सियस र डडेलधुराको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब