विकास अवरोध र बदनाम गर्न कुटपिटको आरोप लगाए : वडाअध्यक्ष बंशी लाल यादब

  • असार ५, २०७९ | ७९२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०४ असार । विकास निर्माण कार्य अवरोध  गर्ने प्रपंञ्चले कुटपिटको आरोप लगाई  मलाई बदनाम गर्न खोजको नवराजपुर गाउँपालिका वडा नं. ३ को वडाअध्यक्ष बंशी लाल यादबले पत्रकार समेलन गरी बताएको छ । असार मसान्त समयमा कार्यक्रम सम्पन गर्ने तनवाका वेला विकास निर्माण कार्य अवरोध गर्ने गरी यस्ता आरोप लगाएको छ । 

भुतपूर्व जनप्रतिनिधिहरुले बनाएको योजना उनकै उस्काहटमा गुरुदेव महतो आफ्ना घर अगाडी नै निर्माण गर्ने मनसायले विकास अवरोध गर्न लागेपछि मेरो नेतृत्वमा जनताले आवरोध हटाउन कुराकानी गरेकोलाई विवाद बनाई आफूलाई बदनाम गर्ने प्रयास गरको छ ।

आर्थिक वर्ष २०७८।०७९ को डिहवार मन्दिर निर्माण योजना वन डिमिजन कार्यालयबाट प्राप्त अनुदान रु. १५ लाखको रहेको छ । हुलाकी सडक छेउमा हाल रहेको डिहवार मन्दिर बजार विस्तारसँगै मन्दिर जाने बाटो छेकिएपछि गाउँवासीका अनुरोधमा जगतपुरमा रहेको रामजानकी कुटीको पोखरी डिल सुन्दरता र संरक्षण गर्ने सम्भावना हेरी निर्माण सुरु गरेपछि अरुको उस्काहटमा आई निर्माण कार्य अवरोध गरेपछि हामीसँग भएको कुराकानीलाई कुटपिट गरको आरोप लगाएको वडाअध्यक्ष यादबले बताउनु भयो ।

निर्माण हुन लागेको मन्दिर  कसैलाई कुनै किसिमको असहजता गरको छैन् । पोखरीको डिलमा बाटो छोडी निर्माण कार्य भईरहेको छ । किन कसरी महतोले यसरी आरोप लागएको बारेमा आफू बुझन सकेको छैन् । मैले मात्र नभई सयौँ भन्दा बढी जनताका भिडमा कुराकानी भएको छ । यदि कसैले कुटके प्रमाण दिई आफू करवाही भोग्न तयार रहेको यादबले बताए । 

निर्माणधिन रहेको मन्दिरको स्थालगत रुपमा पत्रकार महासंघ सिरहा शाखाको सभापति मनोज बनौता यादब लगायत विभिन्न मिडियाका पत्रकारलाई अवलोकन गराएका छन् ।  महतोले भनेको जस्तो कुनै पनि समस्या निर्माण स्थलमा नरहेको महासंघको सभापती यादबले बताए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब