सिरहा नगरपालिकामा विवादका कारण नगर सभा स्थागित

  • असार १०, २०७९ | ८९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकामा बजेट बाँडफाँडका विषयमा कुरा नमिल्दाँ शुक्रवार आयोजना गरिएको नगर सभा स्थागित भएको छ । गठबन्धन गरएका पार्टिको जनप्रतिनिधिले माग गरको बजेट विनियोजन गर्न नमान्दा नगर सभा बहिसकार गरी बिहिरीएपछि सभा स्थागित गरिएको हो ।

बजेट तर्जुमाका चरणहरु पारर्दशी हिसाबले नल्याएको भन्दै नगर सभा यस्तो. अस्थाम गर्नु नहुने भन्दै सभा बहिसकार गरेको गठबन्धनका नेता र वडा नं. २२ का वडा अध्यक्ष जिवछ यादबले बताउनु भयो । बजेट हुदा-हुदै वडाले माग गरको १ करोड बजेट किन दिन मिल्दैन् भने कुरा स्पष्ट नपरेसम्म नगर सभा बहिसकार गर्ने यादबले बताउनु भयो ।

आफ्नै विचार लाधरे हाम्रा कुरा नसुन्ने गरी एकअधिकारीक रुपमा अगाडी बढी रहेको मेयर सहाबको बानीले हामीलाई नगरस्तरी योजना संचालन तथा कार्यन्वयनमा शंकार रहकोले पारर्दशी रुपमा सबै वडालाई सामान रुपमा १ करोड बजेट नदिए सम्म नगर सभामा सहभागि नहुने स्वतन्त्रबाट जितेको वडा नं. २१ वडाअध्यक्ष सुरेन्द्र मंडलले बताए ।

हामी पनि बजेट जनताकै समक्ष कार्यन्वयन गर्छौ । तर मेयर सहाबले हामीलाई किन उपेक्षित गरिरहेको छ भने कुरा बुझ नसकेको र बजेट बिनियोजन प्रक्रिया स्पष्ट नभएसम्म नगर सभा चलन नदिने वडा नं. १ को वडाअध्यक्ष पिन्टु यादबले बताउनु भयो ।

सिरहा नगरपालिकामा रहेको बजेट नै सबैले बााडफाँड गर्ने हो । तर वडाअध्यक्षहरुले योजना बिना १ करोड माग गरे नगरपालिकाले कुनै हालतमा दिदैन् । बजेटका लागि योजना ल्याउनु नै पर्छ मेयर डा. नविन कुमार यादबले बताउनु भयो । मेयरलाई नमान्ने र अनुशासन हिन क्रियाकलाप देखाए हामी कसरी अगाडी बढछौँ । हाम्रा अस्तित्वलाई नबुझि बजेट माग अरुका उृसकाहटमा अडान कसे बरु नगरपालिको बजेट फ्रिज हून्छ । तर माग अनुसारको विनियोजन हुदैन यादबले बताए ।

सिरहा नगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर र ७ जना वडाअध्यक्ष रहेका छन् । यत गठबन्धन गरको पार्टि नेकपा एसका ५ जना वडाअध्यक्ष, नेपाली कांग्रेसका ४ जना वडाअध्यक्ष, जनता समाजवादीका ४ जना वडाअध्यक्ष, नेकपा माओवदीका १ जना वडाअधयक्ष र स्वतन्त्रबाट १ जना वडाअध्यक्ष गरी सम्पूर्ण कार्यपालिका सदस्य रहेका छन् ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब