नेपालमा ८० प्रतिशत दुर्व्यसनीकाे मुख्य कारण गाँजा

  • असार १२, २०७९ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै  । आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनीको मुख्य कारण गाँजा रहेको छ ।

सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने पाइएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्रप्रसाईँ बताउनुहुन्छ । दुर्व्यसन बढ्दै गएपछि गृह मन्त्रालयले रोकथाम तथा नियन्त्रण गुरुयोजना बनाएर लागू गरेको छ ।

साथीसङ्गतले स्कुल, कलेज तथा होस्टेलमा बस्ने विद्यार्थी अझ धेरै दुर्व्यसनीमा फस्ने गरेको पाइएको गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसाल बताउनुहुन्छ । उहाँका अनुसार आमाबुबा अभिभावक, विद्यालय सञ्चालक र होस्टेल सञ्चालकले ध्यान दिन सकेमा किशोर किशोरीलाई यस्ता दुर्व्यसनबाट जोगाउन सकिन्छ । अहिले नेपालमा १ लाख ४० हजारभन्दा धेरै दुर्व्यसनी रहेको अनुमान छ ।

नेपालभित्रै दुर्व्यसनको जोखिम बढेको छ भने नेपाललाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय गिरोहले कारोबार गर्ने क्रम पनि बढेको छ । लागुऔषधकै कारण चोरी, हत्या, बलात्कार जस्ता अपराधका घटना पनि हुने गरेका छन् ।

लागुऔषधको दुर्व्यसनीबाट नयाँ पुस्तालाई जोगाउन सचेतना र पालिकामा आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा गृहमन्त्रालयका सहसचिव डा. भुसालको जोड छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब