जनकपुर बजार बन्द गराउँदै हिड्ने १२१ जना पक्राउ

  • असार ३१, २०७९ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनकपुरमा बजार बन्द गराउँदै हिंडेका एक सय २१ जना पक्राउ परेका छन् ।

तीन बुँदे मागसहित चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुम्बासीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्व घोषित अनुसार चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले बिहीबार जनकपुरधाम बजार बन्द गराउन खोज्दा जनकपुरको मुरलीचोक चोक, कुआ बजार, शिव चोक र मिल्स एरियालगायतका ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको, वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पत्र दिनुपर्ने माग गरेका छन् ।

पक्राउ पर्नेहरुमा एक सय १० जना महिला र ११ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता दिपक रायले प्रक्रिया पुर्याएर पक्राउ परेकाहरुलाई छाडिदिने बताएका छन । गएको असार २५ गतेका दिन चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले चुरे संरक्षण सहितका तीन बुँदे माग अघि सार्दै मधेश प्रदेशका राजधानी बन्द गर्नेसम्मका आन्दोलनको घोषणा गरेका थिए ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब