पाँच वर्ष गठबन्धन टिकाउन कांकालनी मन्दिरमा खाए कसम

  • साउन १, २०७९ | १,१८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३२ असार । सिरहा नगरपालिकामा पाँच वर्ष गठबन्धन टिकाउन गठबन्धनमा रहेका जनप्रतिनिधिहरुले सप्तरीको कांकालनी मन्दिरमा कसम खाएका छन् ।

सिरहा नगरपालिकामा जितेका नेकपा एस, नेपाली कांग्रेस, जसपा र स्वतन्त्र बिच गठबन्धन रहेका छन् । नगरपालिकामा कुनै पनि किसिमका विषय आए र देशमा हुने राजनीतिक परिवर्तनका लागि आ– आफ्ना पार्टिलाई सहयोग गरेपनि पालिकाका गठबन्धन नतोडने प्रतिवद्धताका साथ कसम खाएका हुन ।

नगरपालिका भित्र भईरहेको भ्रष्टाचारलाई गठबन्धनले विरुद्ध गर्ने र मनोमानी ढंगबाट पालिका संचालन गरे विरुद्ध गर्ने मुल एजेन्ड रहने एक वाडाअध्यक्षले जानकारी दिनु भयो । नगरपालिकामा मेयरको अहंकारी शौली र निरंकुश शासन संचालनमा लागेको मेयरलाई पनि लोकतान्त्रिक पद्धतीमा ल्याउने कार्य गठबन्धनले गर्ने छन् ।

नेपाली जनताले  विभिन्न आन्दोलन गरी सहादतपछि  लोकतान्त्रिक गणतन्त्र  आएको हो । यसको विरुद्धमा लागेको सिरहा नगरपालिकाको मेयरको निरंकुशता विरुद्ध जनतालाई जागरुक गरी सबभन्दा नजिकको सरकारलाई निरंकुशबाट बचाउन गठबन्धनले जेसुकै कदम चालन तयार रहेका छन् । अब गठबन्धन थप मजबुत भएको छ । लोकतात्रिक शासन व्यवस्था माथि आक्रमण गर्नेलाई जनताका शासन स्वीकार्य गराई छाडने गठबन्धनका वाडा नं. ६ का वाडाअध्यक्ष इन्द्रजित यादबले बताउनु भयो ।

गठबन्धनमा नेकपा एसका ५, नेपाली कांग्रेसका ४, जसपाका ४, नेकपा माऔवादीका १ र स्वतन्त्र १ गरी कुल १५ जना वाडाअध्यक्षहरु बिच गठबन्धन भएका छन् । 

यता बैशाख ३० मा सम्पन भएको स्थानीय तहको निर्वाचन को दुई महिना वितेपनि स्थानीय संचालन ऐन २०७४ लाई वास्त नै नगरी अहिले सम्म नगर सभा नगरी विभिन्न मिडिया र बोलीको भरमा क्रान्ति तथा कसम वादमा लिप्त रहेका जनप्रतिनिधिहरु प्रति नगरवासी आक्रोसित देखिएका छन् । जनताका विभिन्न समस्या सामाधानका लािग मत दिईएका  जनताले आजको दिनमा पालिकाका जनप्रतिनिधिहरुले आफू खुशी गरिरहेको कार्यका कारण जनता चिन्तित भईरहेका छन् ।  जनताका समस्या प्रति जनप्रतिनिधिहरु जिमेवार नभए  पालिकाका काम काजलाई बाँधक बनाई बोलीका क्रान्ति गरे र आफ्ना स्वर्थ पुरा गर्न गठब्रन्धनमा तलिन रहे जनप्रतिनिधिहरु विरुद्ध आन्दोलन गर्ने नागरिक समाज तथा वुद्धिजिविहरुले खुलेर बोल्न थालेका छन् ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब