आज देशभर वर्षा, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • भदौ १२, २०७९ | ५९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ ।

आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ  । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो  पानी पर्ने छ ।

आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । पछिल्लो ३ घण्टामा  मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सिरहा, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । अबको एक/दुई दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको छ ।  

बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा, खेतबारीको काम गर्दा ध्यान दिन सुझाव दिइएको छ । लगातार पानी पर्ने सम्भावना रहेकाले घर बाहिर निस्किँदा छाता, प्लास्टिक, घुम, रेनकोट लगायतका ओडो बोक्न पनि सुझाव दिइएको छ । 

 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब