सिरहा नपाको मेयरले चलाएको डोजरलाई वडाअध्यक्षले रोके, मेयर/उपमेयरबाटै सरकारी गाडी दुरउपयोग

  • भदौ २४, २०७९ | २,०७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ भदौ । सडक खाली गराउन बुल डोजर सहित सडकमा आएका सिरहा नगरपालिकाका मेयरलाई वडाअध्यक्षले रोकेको छ । नगरपालिकाले १५ दिन भित्र आफै सडक पेटी १५।१५ मिटर खाली गराउन जारी गरको सूचनाको म्याद समाप्त भएलगतै मेयर डा. नविन कुमार यादब सडक खाली गराउन बुल डोजर सहित वडा नं. २ को सडकमा उत्रेका छन् । तर मेयरले वडासँग कुनै समन्वय नगरी जनताका उठिवास गराउन सुरु गरेपछि जनताका अनुरोध अनुसार बुल डोजरलाई रोकेको वडाअध्यक्ष राकेश कुमार यादबले बताउनु भयो ।

मेयरले वडासँग कुनै समन्वय नगरी विना मापदण्डको जनता माथि दमन सुरु गरेपछि दमन रोक्न बुल डोजर रोकेका छौँ । बिना योजनाको मेयरले पटक–पटक आफनै कुरालाई परिवर्तन गरीे जनतालाई दुःख दिन त मिल्दैन् । सूचनामा १५।१५ मिटर भनिएको छ, तर मेयरले  ८।८ मिटरमा खाली गराउन सुरु गरको छ । उता सडक डिभिजनले २५।२५ मिटर भनेको छ । मेयर जस्तो गरिमा पद धारण गरेकोले बिना मापदण्ड बेगैर, भिजन लेस तरीकाबाट जनतालाई दुःख दिनु कति राम्रो हो । म सडक पेटी खालीको अवरोधक होइन्, म पनि विकासको सहयोगि नै हो । तर यसरी मनोमानि निरंकुष शौलीमा मापदण्ड नै स्पष्ट नगरी विना योजनाको जनतालाई उठिवास गराउनु राम्रो त होइन् । 

मेयर सहाबलाई पहिला मापदण्डमा स्पष्ट हुनु, त्यसपछि म पनि खाली गराउन सहयोग गर्छु । यसरी हावामा डोजर चालाई मिडियाबाजी गरी जनतालाई दुःख दिन दिदैनै भनी मात्र रोकेको वडाअध्यक्ष यादबले सीमा संदेशलाई बताउनु भयो ।

हामी सडक विस्तारको विरोद्धमा छैन्न । हामी चाहन्छौँ, कि पटक-पटक सडक विस्तारकै नाममा जनतालाई दुःख दिन मिल्दैन् । नगरपालिका विना योजना र विना मापदण्ड यसरी नगरवासीलाई आतंकित बनाउन मिल्दैन् । यसलाई मात्र संर्घष समिति बनाई विरोध गरेको छौँ । नगरपालिकाले १५। १५ मिटर मात्र किन भोली फेरि खाली गराउँनै पर्छ भने आजै एउटा ठोस मापदण्ड बनाई खाली गराउनु पर्छ । हामी पनि सडक डिभिजनको मापदण्डमा तयार नै छौँ । तर मेयर सहाबले कहिले ८ मिटर, कहिले १५ मिटर र फेरि खाली गराउने वेलामा ८ मिटर यसको विरोध मात्र गरेको आन्दोन संर्घष समितिको संयोजक देव कुमार यादबले बताउनु भयो । 

सरकारी गाडी दुरउपयोग

मेयर र उपमेयर चढेका सरकारी गाडी नेकापा एमाले पार्टिका राष्ट्यि अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तयारीका लागि व्यापक दुरउपयोग भईरहेकाके छ । सिरहा नगरपालिका जनताका पसिनाबाट तिरिएका करबाट चलेका नगरपालिकाको गाडी यसरी एउटा पार्टिका कार्यक्रम आयोजनाका लागि प्रयोग हुनु मेयर जनता प्रति उत्तरदायि नभभएको स्पष्ट देखिन्छ । यसरी नेपाल सरकारको गाडी पार्टिका कायक्रर्ममा प्रयोगलाई सम्बन्धी निकाय तथा नगरवासीले रोक्न् जरुरी छ । 

बिहीवार मात्र मेयरको बा.२ झ ३६५१ र उपमेयर चढने प्रदेश २–०१–००१ झ ००१२ नम्बरको गाडीमा पार्टिका नेता सवार भई पार्टिको कार्यक्रम हुने स्थाल व्यवस्थापनका लागि क्याम्पस चौउर लगायतका ठाउँमा बेस्त देखिएको थियो । 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब