एक महिला अधिकृत ३० हजार घुससहित पक्राउ

  • भदौ २८, २०७९ | ३८१ पटक पढिएको | सीमा संदेश

काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घुस लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार लुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रधानलाई नियन्त्रणमा लिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिए ।

अनुसन्धानको क्रममा आन्तरिक राजस्व कार्यालय, महाराजगंजकी कम्प्युटर अधिकृत प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरी ३० हजार रुपियाँ लिएको पुष्टि भएको भण्डारी बताए ।

प्रधानको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज बिन्दु श्रेष्ठ प्रधानलाई बिगो ३० हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब