डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण

  • असोज १२, २०७९ | ३७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो।

यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि  २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडिसिडीका अनुसार संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ।  पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेङ्गु भएको छ। लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा  ८१५ संक्रमित रहेको इडिसिडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेङ्गु भएको छ। 

सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडिसिडीले जनाएको छ। सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेङ्गु भएको छ। 

यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेङ्गु देखिएको छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब