प्रतिनिधिसभामा ३३ लाखसम्म खर्च गर्न पाइने, अरू कसले कति पाउँछन् ?

  • असोज १६, २०७९ | ४१४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उमेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ । 

निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार बनाएर निर्वाचन खर्चको हद निर्धारण गरिएको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए ।

यसपटक निर्वाचन क्षेत्रअनुसार उमेदवारले खर्च सीमा फरक छ । आयोगले प्रतिनिधिसभामा ३३ लाख र प्रदेशसभामा २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको उनले बताए । 

०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभाका उमेदवारलाई १५ लाख खर्च सीमा निर्धारण गरिएको थियो । यसपटक उमेदवारले गर्न पाउने खर्चको सीमा बढाइएको हो । 

उनका अनुसार प्रतिनिधिसभामा २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी निर्वाचन क्षेत्रलाई ५ क्याटागोरीमा विभाजन गरिएको छ । 

त्यस्तै, प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख, २३ लाखसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब