सिरहासहित देशका अधिकांश भागमा वर्षा जारी, भारी वर्षाको सम्भावना

  • असोज १८, २०७९ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेकाले हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातीदेखि भने देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक९दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि अर्थात विजया दशमीको दिन दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।

गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार पर्सि दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब