दल तथा उम्मेदवार चुनावी प्रचारमा १० झण्डा र २५ जना मात्र

  • असोज २७, २०७९ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै। चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।

आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस्तै, उम्मेदवारले आमसभा र घरदैलोमा १० वटा झण्डा मात्रै बोक्न पाउनेछन् । यस्तो कार्यक्रममा २५ जनाभन्दा धेरै उपस्थित हुन पाइने छैन ।

यस्तै, बाजा, झाँकी प्रदर्शनमा पनि आयोगले रोक  लगाएको छ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र  प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना रहेका छन् । चुनाव आउन अब ३८ दिन बाँकी छ। 

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब