मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने

  • कार्तिक ७, २०७९ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

 उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ । कसैले आचारसंहिता उल्लंघन गरेमा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ । यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ ।

उजुरीकर्ताले आफ्नो नाम नामेशीसहितको विवरण प्रकाशन गर्न नचाहेमा सार्वजनिक गरिने छैन । कसैले यो आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ ।

आचारसंहिताको अनुगमनका लागि केन्द्रमा एक आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गरिएको छ ।-न्युज कारखाना

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब