दूतावासको निम्तोमा हिमानी, बालेनसँग के भयो कुराकानी ?

  • कार्तिक ७, २०७९ | ३३९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् ।

कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।

बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्वराजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । ‘उहाँ (हिमानी शाह) ले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो’, ती सदस्यले भने ।

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।

हिमानीले बालेनको परिवारबारे पनि चासो राखेकी थिइन् । उनीहरुबीचमा अंग्रेजीमा कुराकानी भएको थियो । कतार दूतावासले गरेको कार्यक्रममा पूर्वराजपरिवारलाई बोलाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

खुट्टीखोला सिँचाइ आयोजना : हेडवक्र्स बन्यो, खेतमा

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस ...

आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब