जुली र अनिल लगायतका उम्मेदवारको एकदर्जन गाडी नियन्त्रणमा

  • कार्तिक २०, २०७९ | ५७० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले धनुषाबाट उम्मेदवारहरुको एकदर्जन बढी सवारी साधन नियन्त्रणमा लिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का विभिन्न उम्मेदवारहरुको प्रचारमा आचारसंहिता विपरीत प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धनुषा ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा (क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरुले ब्यानर झुण्ड्याएको करिव एक दर्जन सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचारसंहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेकोलगायतका गतिविधिहरु गरेकोले नगरभित्रका विभिन्न चोकहरुबाट नेपाली तथा भारतीय नम्बरप्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब