मधेश प्रदेश : प्रतिनिधि सभाका २२ स्थानको नतिजा सार्वजनिक

  • मंसिर ९, २०७९ | ४१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । 

निर्वाचन आयोगले शुक्रवार साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी नेकपा (एमाले)ले छ स्थानमा जितेको छ । यसैगरी नेपाली कांग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले दुई, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ । एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन् ।

सिरहा–१ मा रामशंकर यादव, धनुषा–३ मा जुली महतो (महासेठ), सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता र सिरहा–३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया र पर्सा–४ मा रमेश रिजाल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार सप्तरी–४, धनुषा–४ र महोत्तरी–४ मा अगाडि छन् ।  

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी–१ मा नवलकिशोर साह, सिरहा–४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा–४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा–१ मा प्रदीप यादव निर्वाचित भएका छन् । सिरहा–२ र धनुषा–१ मा जसपा उम्मेदवार अगाडि छन् । 

नेकपा(माओवादी केन्द्र)का उम्मेदवार महोत्तरी–१, सर्लाही–२ र बारा–२ मा गरी तीन स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार महोत्तरी–२ मा शरदसिंह भण्डारी र सर्लाही–१ मा रामप्रकाश चौधरी निर्वाचित भएका हुन् । महोत्तरी–३ लोसपा अध्यक्ष महन्थ ठाकुर अगाडि छन् । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट विजयी भए । बारा–४ मा कृष्णकुमार श्रेष्ठ अगाडि छन् । जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए । त्यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरणकुमार साह र  रौतहट–३ मा प्रभु साह विजयी भए । 

निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ हजार ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभातर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र २९७ गरी ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब