जितपछि प्रतिद्वन्द्वीको घरमा एमालेको ढुंगामुढा, माओवादीद्वारा सडक अवरुद्ध

  • मंसिर ९, २०७९ | ६६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं. ३ मा निर्वाचित भएपछिको उन्मादमा नेकपा एमालेका कार्यकर्ताले निकटतम् प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्। 

एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको उन्मादमा एमाले कार्यकर्ताहरुले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ। 

आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा माओवादी केन्द्रले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड टायर बालेर अवरुद्ध गरेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी राजु के.सी.ले आफू निर्वाचनको मतगणनाको शिलशिलामा गोलबजार बाहिर रहेको जानकारी दिँदै घटनाको विषयमा जानकारी पाए लगत्तै गोलबजार जाँदै गरेको बताए। 
 
सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेपछि जितको उन्मादमा साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म अवरुद्ध सडक नखोलिने माओवादी केन्द गोलबजारका उमेश बरालले बताए। नयाँ पत्रिकाबाट

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब