इलाका प्रहरी कार्यालय लहान अगाडि पत्रकारको धर्ना, माग पुरा नभए कडा रुपमा उत्रिने चेतावनी अध्यक्षका छोरासहित तीन जना र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्री उपर कारवाही माग

  • मंसिर २२, २०७९ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुख्य गेटमा पत्रकारहरु बिहीबार बिहानदेखि धर्नामा बसेका छन् । सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेका सिरहाको नवराजपुर गाउँपालिका अध्यक्षका छोरासहित तीन जना विरुद्ध कारबाहीको मागसहित प्रहरी कार्यालय पुगेका पत्रकाहरुलाई प्रहरी निरीक्षकले महासंघका जिल्ला उपाध्यक्षसहितका पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।

महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक विदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने पत्रकारलाई कुट्ने गाउँपालिका अध्यक्षका छोरासहित तीन जनामाथि कारबाही र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्री उपर कारवाही नभएसम्म धर्ना जारी रहने बताएका छन्। 

गाउँपालिका अध्यक्ष शिवउद्गार यादवकाे दवाव र प्रभावमा परेर कुटिएका पत्रकारले दिएको जाहेरी समेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरुलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नु परेको अध्यक्ष बनैताले बताए । 

१२ मंसिरको अपरान्ह सखुवानन्कारकट्टी गाउँपालिका-५ इटहर्वामा लागेको विवाह पञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नं. वडा बस्ने १८ वर्षीय पप्पु यादवको समहूले पत्रकार प्रदिपकुमार महतोलाई कुटपिट गरेका थिए । 

नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय  प्रदिप कुमार महतोले आरोपी तीन जना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए । 

अध्यक्षका छोरा चन्दानसहित तीन जनाले गाउँपालिकाको नाममा रहेको प्र.१–००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको मागसहित जाहेरी दिएको भएपनि प्रहरीले दर्ता समेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।  । 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब