यातायात कार्यालय लहानबाट ४ जना बिचैलिया पक्राउ

  • माघ १७, २०७९ | ६७२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ माघ । सिरहाको यातायात कार्यालय लहान परिसरबाट प्रहरीले ४ जना बिचौलियलाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई हैरानी दिएको भन्दै खडक नगरपालिका वडा नं. ३ बस्ने जिवछ ठाकुर,  अनिल कुमार चौधरी, लहान नगरपालिका वडा नं. ७ बस्ने नन्दन खेतांग र नवराजपुर गाउँपालिका वडा न.. १ बस्ने विष्णुदेव यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाटअभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको बुढाथोकीले बताए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब