सिरहा न.पा.को आगलागी घटना छानविन गर्न ७ सदस्य समिति गठन बलिराम यादब माथि सामाजिक सञ्जालबाट लगाएको आरोप छुठा सवित

  • वैशाख ५, २०८० | ८०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०५ बैशाख । सिरहा नगरपालिका सिरहाको जिन्सी शाखामा आइतवार साझ भएको आगलागी घटनाको छानविनका लागि कार्यपालिका सदस्य र कर्मचारी सहित ७ सदस्य समिति गठन भएको छ । सोमवार बसेको कार्यपालिका बैठकले आगलागी के कारणले भयो भने छानविन गरी दुई दिन भित्र प्रतिवेदन बुझाउनका लागि वडा नं. १ का वडाअध्यक्ष महेश कुमार यादबको संयोजकमा छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा वडा नं. २ को वडाअध्यक्ष राकेश कुमार यादब, वडा नं. १२ को वडाअध्यक्ष शिव शंकर झा, कार्यपालिका सदस्या रविन्द्र साह, अनिल कर्ण, वडाअध्यक्ष प्रदिप मंडल र नगरपालिका योजना शाखाको कर्मचारी नविन यादबलाई छानविन गरी प्रतिवेदन तयार गर्न जिम्मा दिइएका छन् ।

समितिले आज बिहानबाट छानविन कार्य सुरु गर्ने समितिका संयोजक यादबले बताए । प्रतिवेदनमा घटना भएकै राती मेयर नविन कुमार यादबको नाम जोडेर पत्रकार शिवदयाल यादबले फेसबुकमा नगरपालिका कर्मचारी बलिराम यादबको नामसहितको आगलागी घटनामा संलग्नता रहेको आरोप लगाएको विषय गम्भिरता साथ छानविन गरी प्रस्तुत गर्ने संयोजक यादबले बताए। 

यता कार्यपालिका सदस्यले नेपाल पत्रकार महासंघ सिरहा शाखाकोे सचिवले सामाजिक सञ्जालमा मेयर सहाबको नाम उल्लेख गरी कसरी लेखेको समाचार आयो भनी मेयरलाई प्रश्न गर्दा उनले जवाफमा भने, मैले कुनै पनि पत्रकारलाई कसैको नाम किटानी गरी प्रतिक्रिया दिइएको छैन् । आगलागी भएको छ । हामी छानविन गर्छौ .भनी मात्र भनेको हो । यदि मैले कसैको नाम भनी प्रतिक्रिया दिईको छु भने समाचार लेखेका पत्रकार अथवा जो कोही पनि प्रमाण दिईए करवाही भोग्न तयार रहेको जवाफ दिइएको वडा नं. ६ को वडाअध्यक्ष ईन्द्रजित गोठियाले बताए ।

फेसबुकमा आएको समाचार मिथ्या तथा आधार हिन रहेको हामी चाँडै सत्य तथ्य छानविन गरी सार्वजनिक गर्ने छानभिन समितिका दस्याहरुका भनाई रहेका छन् । आगलागी घटनामा संलग्नता रहेको आरोप बारे नगरपालिका कर्मचारी बलिराम यादबलाई सोध पुछ गर्दा उनले भने म केही जवाफ दिन्न्, यस्तो लेखेको पत्रकारलाई जनताले राम्रो सँग चिनेको छन् । त्यसैले मेरो जवफा छानविन पछि जनताले दिन्छन । म धेरै बोल्ने प्रवृत्तिको होइन्, म गरेर देखाउँछु । सत्य तथ्या आउँछ छानविन समितिले कार्य सुरु गरी सकेको छ  यादबले बताए। 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब