मिटरब्याजपीडित फेरि धर्नामा अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विधेयक निष्क्रिय भएपछि मधेस प्रदेशका विभिन्न जिल्लाका १५ सयभन्दा बढी मिटरब्याजपीडित न्याय खोज्दै आइतबार बिहान आइपुगे काठमाडौं

  • असार २५, २०८० | ३८१ पटक पढिएको | सीमा संदेश
alt

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।

अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि हिँडेका थिए । पीडितले यससम्बन्धी कानुन छिटो पास गर्न माग गरेका छन् ।

संसद्को बैठक बस्न नसक्दा विधेयकलाई प्रतिस्पधापन गर्न बनेको विधेयक संसद्मा रोकिएको छ । सरकारले अध्यादेश जारी गरेको ६० दिनभित्र संसद्बाट प्रतिस्पधापन विधेयक पारित गरिसक्नु पर्ने भए पनि पछिल्लो दिन विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा अध्यादेश निष्क्रिय हुन पुगेको हो । कानुन नै निष्क्रिय भएपछि दबाब दिन आएका करिब एक हजार पीडितमा अधिकांश महिला, जेष्ठ नागरिक छन् । 

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब