यातायात कार्यालयमा पेट्रोल आक्रमण : जोगिए साह, खोजीमा प्रहरी

  • साउन ३, २०८० | ६०८ पटक पढिएको | सीमा संदेश
alt

यातायात व्यवस्था कार्यालय बीरगञ्जका सहायक शाखा अधिकृत रञ्जितप्रसाद साहमाथि पेट्रोल खन्याइ हत्याको प्रयास गरिएको छ ।

कार्यालयलाई व्यवस्थित बनाउन उनले प्रयास थालेपछि बिचौलियाहरुलाई समस्या हुँदा उनको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यातायात व्यवस्था कार्यालय गौरमा गरेको थियो । मंगलबार करिव चार बजे बिचौलियाहरुले उनीमाथि पेट्रोल छर्केपछि सेवाग्राहीहरुले उनलाई नियन्त्रणमा लिइ उनको ज्यान जोगाउन सफल भएका थिए । हुनत साहमाथि काज फिर्ता गरेको १२ दिन बितिसकेको बताइएको छ । उनी हाल सम्म काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् । उनी संगै यातायात व्यवस्था कार्यालय वीरगन्जका मेकानिकल इन्जिनियर अमितकुमार दासको पनि मुख्यमन्त्री कार्यालयले गत असार २१ मा यातायात पूर्वाधार निर्देशनालय जनकपुरधाममा सरुवा गरेको थियो । तर, उनले आफूलाई २२ गते मेल आएको बताए । उनले आफूले एक दिन पहिलानै कार्यालय प्रमुख कमल राज गौतमलाई जानकारी गराइ घर बिदामा बसेको बेला मेलको बारेमा जानकारी पाएको प्रतिक्रिया दिएका छन् । तर, दास पनि हालसम्म सरुवा भइसकेको कार्यालयमा गएका छैनन् ।

साह र दासको सरुवा भएको कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरगन्जले रमाना पठाइसकेको छ । साह र दास दुवैले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा न्युन बिचौलियाको नीति अवलम्बन गरेपछि कार्यालय प्रमुख गौतम देखि बिचौलिया सम्म उनीबाट आजिज भएका थिए तर, सेवाग्राहीहरु भने उनी दुवैको कामबाट खुशी रहेको सेवाग्राहीहरुले बताए । गौतम कार्यालय प्रमुखमा भएर कमाउन नपाएको झोकमा दुवै जनाको सरुवा गर्न उद्यत देखिएको स्थानीयहरुको आरोप छ । सेवाग्राहीको काम गर्न दुबै कर्मचारी तल्लिन भएका कारण कमाउने बाटो बन्द भएपछि दुवैको सरुवा गराउन कार्यालय प्रमुख गौतम लागि परेका छन् । सरुवा गर्दा २१ दिने बाटो म्याद हुन्छ एक कर्मचारीले भने–‘ती कर्मचारीहरुलाई कम्तीमा बरबुझारथ त गर्न दिनु पर्छ ।’ दुबैलाई जतिसक्दो सरुवा गराउन लागेका कार्यालय प्रमुख गौतमको नियत शंकास्पद देखिएको एक कर्मचारीले नाम नखोल्ने शर्तमा बताए ।

गुणस्तर तथा नापतोल विभागबाट २०७६ जेठ ७ मा मेकानिकल इन्जिनियर दास यातायात कार्यालय वीरगन्जमा सरुवा भएर आएका थिए । ४ वर्षभन्दा बढी समय दास यातायात कार्यालय वीरगन्जमा बसिसकेका छन् । सहायक शाखा अधिकृत साह भने २०७८ चैत १४ मा काज सरुवा गराई यातायात कार्यालय वीरगन्जमा आएका थिए । गत असार २९ मा सरुवा खारेजीको माग गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा साहले निषेधाज्ञा मुद्दा र दासले उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए । साहको मुद्दामा उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको इजलासले मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । यातायात व्यवस्था कार्यालय प्रशासन फाँटका अनुसार मेकानिकल इन्जिनियर अमित दासको उत्प्रेषण परमादेशको मुद्दामा न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन १२ गते छलफलका लागि बोलाई उक्त अवधिसम्म निवेदकलाई हाल वहाल रहेको कार्यालयबाट कानुनको प्रावधानविपरीत सरुवा नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।

यता, प्रहरी भने दोषीहरुको खोजतलास तीव्र बनाएका छन् । दोषीलाई खोजतलास गरी कानुनी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब