सीमा र सचिनको कारण सीमा क्षेत्रमा कडाई

  • साउन ८, २०८० | ५२६ पटक पढिएको | सीमा संदेश
alt

भारतमा अत्यन्त चर्चित बनेका सीमा हैदर र सचिन मिणाको जोडीको कारण भारतसित सीमा जोडिएको धनुषा र महोत्तरीको सीमामा कडाइ गरिएको छ ।

पाकिस्तानी नागरिक सीमा हैदर चार जना छोराछोरीसहित काठमाण्डुबाट भिठ्ठामोड भन्सार हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि सीमामा कडाइ गरिएको छ । सीमा क्षेत्रमा दिएको ‘लाइन’पनि पूर्णरुपमा बन्द गरिएको छ । आलु र प्याजमासमेत रोक लगाइएको छ । झोलामा ल्याइने आलु,प्याजसमेत जफ्त गर्न थालिएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

भारतीय सीमावर्ती बजारबाट नेपालीहरुले दैनिक उपभोग्यका वस्तुहरु ल्याउने गरेका छन् । सर्वसाधारणले ल्याउने मालसामानको मात्र जाँच नभइ मानिसहरुको समेत कडाइका साथ जाच गर्न थालिएको छ । भारतीय सीमामा जाने नेपालीहरुलाई अनिवार्य रुपमा परिचयपत्र र भारतीय नागरिकको आधार कार्ड देखाउन भनिएको छ । पहिचान प्रष्ट नहुनेलाई नेपाली भूभागबाट भारतमा र भारतबाट नेपालमा आउजाउ गर्न रोक लगाइएको छ ।

सीमावर्ती भारतीय बजार सुरसण्डस्थित टुडे सहकर्मी राजु सोनीका अनुसार पाकिस्तानी नागरिक सीमा हैदरलाई चार बच्चासहित सचिन मिणाले भिठ्ठामोड नाका हुँदै सहजै उत्तरप्रदेशको नोयडा पु¥याएपछि सीमामा तैनाथ अधिकारीहरुलाई कारबाही हुने संकेत आएपछि कडाइ गरिएको छ । सीमा हैदरले ‘पबजी’ गेम खेल्ने क्रममा सचिनसित मायाप्रीति बसेको र बिवाह गरी भारत आएको बताउने गरेकी छन् । पाकिस्तानी नागरिकलाई भारतमा प्रवेश निषेध छ । पाकिस्तानी नागरिकलाई सीमामा प्रवेश गर्न रोके पनि नेपाली सीमा नाकाबाट निर्वाध प्रवेश गरिरहेकाले भारतको गृह र रक्षा मन्त्रालय गम्भीर देखिएका छन् । सीमा हैदर आइएसआइका लागि काम गर्ने जासुस रहेको भारतका कयौं अधिकारीहरुको आशंका छ ।भारतको विभिन्न सुरक्षा एजेन्सीहरुले पटक/पटक सीमा हैदर र सचिनसित वयान लिइरहेका छन् । यद्यपि सीमाबारे हाल भारत सरकारले कुनै निर्णय गरेको छैन् । सीमा हैदरले सचिनसित भारतमा बस्न नदिए पाकिस्तान फर्किन नसक्ने बताउँदै आत्महत्या गर्ने धम्की समेत दिने गरेकी छन् । चार जना छोराछोरीसहित अर्का युवकसित बिवाह गरेको दाबी गरिरहे पनि जाच एजेन्सीहरुले उनको विश्वास गर्न सकेका छैनन् ।

सीमा क्षेत्रमा नेपाली र भारतीय नागरिकलाई समेत अनिवार्य रुपमा परिचय खुल्ने प्रमाणपत्र देखाउन अधिकारीहरुले कर गर्न थालेका छन् । परिचयपत्र नभएका नागरिकलाई सीमा क्षेत्रमा आउजाउ गर्न रोकिएको सोनीले जनाएका छन् । काठमाण्डु विमानस्थलबाट आइरहेको तस्करीको सुन भीठ्ठामोडलगायतका नाकाहरुबाट भारत जाने गरेको छ । तस्करहरुले देशका प्रायःअधिकांश प्रवेशमार्गलाई सुन तस्करीका लागि प्रयोग गरे पनि मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई बढी सुरक्षित मानिन्छ ।

सीमा हैदरको प्रकरणकै बेला तस्करीको सुन भारीमात्रामा बरामद भएपछि सीमा क्षेत्रमा झन कडाइ गरिएको छ । स्रोतहरुका अनुसार दुबै देशका सुरक्षा अधिकारीहरुको संलग्नतामा नै सुनको तस्करी भइरहेको छ । भारतले नेपालसित जोडिएको सीमा क्षेत्रमा गृहमन्त्रालय मातहतको सशस्त्र सीमा सुरक्षा बलएसएसबी) भारी संख्यामा तैनाथ गरेको छ । तर उनीहरुले पनि प्रलोभनमा परेर सुन, लागूऔषध, मदिरा लगायतको तस्करीलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउन सघाउने गरेको आरोप लाग्दै आएको छ ।

केही महिना पूर्व भिठ्ठामोड भन्सारबाट भारत प्रवेश गरेका चिनिया नागरिक पक्राउ परेका थिए । त्यसपछि सीमा हैदर चार जना बच्चासहित सुरक्षित रुपमा दिल्ली पुगेपछि नाकामा सुरक्षा जाँच अत्यन्त फितलो रहेको अधिकारीहरुले मूल्यांकन गरेका छन् । सीमा क्षेत्रमा कडाइ गरिएपछि सर्वसाधारणलाई सास्ती भइरहेको सोनीले जनाएका छन् । सीमावर्ती क्षेत्रमा हाल मदिरा, सुन र लागूऔषधको तस्करी अत्यन्त फस्टाएको छ । सुन तस्करी भारी मात्रामा हुन थालेको कारण भारतीय रुपैयाको सीमावर्ती क्षेत्रमा अवमूल्यन भएको छ । सयकडा १० रुपैयाँ कममा भारतीय रुपैयाँको कारोबार हुन थालेको छ । सीमामा सरकारले तस्करी लगायतका अवैध धन्धाहरु रोक्न गरेको भारी लगानी सार्थक हुन सकेको छैन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब