भ्रष्टाचार नगर्ने मन्त्री समिमको प्रतिवद्धता

  • साउन १७, २०८० | ६५० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका नवनियुक्त गृह सञ्चार तथा कानुन मन्त्री मो. समिमले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसर दुबै रहेको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा नेपाली कांग्रेस सप्तरीद्वारा आयोजित सम्मान कार्यक्रममा उनले सो कुरा बताएका छन् । ‘यो मन्त्रालय अन्य मन्त्रालयको तुलनामा धेरै संवेदनशील र महत्वपूर्ण हो, उनले भने, ‘त्यसैले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको छु ।’ आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधि र सेवा प्रवाह पारदर्शी र जनहितमा अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सप्तरीको क्षेत्र नं. ३ को क बाट प्रदेशसभा सदस्यमा कांग्रेसबाट निर्वाचित उनले संगठन बलियो बनाउन कुनै गुट– उपगुटमा नलागि एक्तावद्ध भइ अघि बढ्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गरे । प्रदेश प्रहरी परिचालन मेरोलाई आफ्नो विशेष प्राथमिकतामा रहने बताउँदै उनले संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन निर्माण र संशोधन गरी प्रदेश सरकारले आफ्नै प्रहरी परिचालन गर्ने जानकारी दिए । प्रदेशको विकासका सम्भावनाहरुलाई अध्ययन गरी जनताका आवश्यकता अनुसार प्रदेशको शासनसत्ता संचालन गर्न कानुन निर्माण गर्ने उनको भनाइ थियो ।

सम्मान कार्यक्रममा सप्तरीका कांग्रेस सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रीहरुले जनहितमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास व्यक्त गरेका थिए ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब