नागरिकताका लागि जिप्रका अगाडि धर्ना

  • साउन १९, २०८० | ४०७ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता दिने प्रक्रिया झन्झटिलो बनाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध जनाएका छन् ।

नागरिकता लिन आउने सेवाग्राहीलाई अनावश्यक दुख दिएको आरोप लगाउँदै जसपाले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका थिए । नागरिकता लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पूरा भए पनि कर्मचारीले सेवाग्राहीलाई दुख दिने गरेको जसपाका पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले आरोप लगाएका छन् । जनतालाई सेवा दिनुको सट्टा दुख दिने गरेको साहको आरोप छ । आगामी दिनमा सेवा प्रवाहमा सुधार नभए जिल्लामा आन्दोलन गर्ने साहले चेतावनीसमेत दिएका छन् । कागजात पुगेका सेवाग्राहीले सरल र सहज रुपमा सेवा पाउनुपर्ने उनको कथन छ । ऐनले तोकेबमोजिमको प्रक्रिया पूरा गर्नेलाई सहज रुपमा नागरिकता उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘जिप्रकाले कसैसित कुनै विभेद नगरी सरल रुपमा पारदर्शी ढंगले सेवा प्रवाह गरिरहेको छ ’ उनले भने, आवश्यक कागजात संलग्न नरहेकाहरुलाई नागरिकता दिन सकिदैन् ।

नागरिकताको विषयलाई लिएर जसपाका नेता कर्याकर्ताले केहीबेर जिप्रका कार्यालय अगाडि धर्ना दिएका थिए । धर्नाको क्रममा प्रअिज यादव विरुद्ध नाराबाजीसमेत गरिएको थियो । सुरक्षाको कडा व्यवस्था गरिएकाले कुनै अप्रिय घटना हुन सकेन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुन बनिसके पनि बिचौलियामार्फत अतिरिक्त रकम असुल गरी नागरिकता दिने गरिएको सेवाग्राहीहरुको आरोप छ । बिचौलियामार्फत जानेको नागरिकता एकै दिनमा बन्ने गरेको तर प्रक्रिया पूरा गरी सोझै जिप्रकामा जानेलाई कयौं दिन फर्काउने गरिएको आरोप उनीहरुले लगाएका छन् । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले संघीय संसदबाट कानुन नै बनाएको छ । तर त्यसको कार्यान्वयनमा बिचौलियाहरु प्रभावकारी बनेका छन् । उनीहरुले नागरिकता बनाइदिन मोटो रकम असुल गरिरहेको आरोप लाग्ने गरेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब