धनुषामा घुमुवा प्रहरी भन्दै धम्काएर पैसा उठाउने पक्राउ

  • भदौ २९, २०८० | ५९७ पटक पढिएको | सीमा संदेश

जनकपुरधाम, भदौ २९ गते । धनुषाबाट घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा एकजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव छन् ।

उनलाई विदेह नगरपालिका ३ चिकना महिनाथपुर स्थित भित्री सडक खण्डबाट बिहीबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ पुगेर घुमुवा प्रहरी हो भनी धाक देखाई एकजनासित नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
लुटपाटमा संलगन ज १० प ३७०५ नम्बरको चालक यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरारको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब