प्राध्यापककी छोरीलाई पास गराउन उत्तर पुस्तिका परिवर्तन, विद्यार्थीले जलाए गाडी

  • असोज ३, २०८० | ३४८ पटक पढिएको | सीमा संदेश
alt

महेन्द्र मोरङ क्याम्पसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरीलाई पास गराउन उत्तर पुस्तिका नै साटफेर गरेको आरोप लागेको छ । अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तको कपीमा अट्याच गराएर पास गराएको आरोप लागेको हो ।

सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयाेगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ । गार्डले उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भइन् । आक्रोशित विद्यार्थीले बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा.१७ च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका छन् ।

उक्त कुरा क्याम्पस प्रशासनलाई जानकारी भए पनि पीडितलाई थामथुम पार्दै दुई दिनमा परिणाम निकाल्ने र नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनः परीक्षा लिएको थियो । दोस्रो वर्षको नियमित परीक्षाको परिणाम आइसक्दा पनि दुई दिनमा रिजल्ट निकाल्ने भन्दै लिएको पुन:परीक्षाको रिजल्ट अझै नआएपछि आफूलाई मानसिक तनाव बढेको सन्ध्याले बताइन् । पुन: परीक्षाकै कारण ब्याक पेपरको परीक्षासमेत उनले दिन पाइनन् ।

उनको दोस्रो वर्षको परीक्षाको रिजल्ट भने आइसकेको छ । त्यसमा उनी उत्तीर्ण भएकी छन् । २०७८ मङ्सिरमा भएको पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षामा ६०००३०*** सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर उनको उत्तर पुस्तिकामा थप उत्तर पुस्तिका गार्डले गाभेनन् ।

असोज २ गते साँझ डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिई उक्त क्याम्पसका प्रमुख बाबुराम तिमल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुङ्गिएपछि क्याम्पस प्रमुखलाई प्रहरीले उद्धार गरेको थियो । 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब