६५ बुँदे माँगसहित गोलबजार नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

  • असोज ५, २०८० | ३२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ५ असोज। क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल गोलबजार नगरकमिटीले भ्रष्टाचार नियन्त्रण, किसानका समस्याको सम्वोधन गर्नुपर्ने विभिन्न ६५ बुँदे माँगसहित गोलबजार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

नगरपालिकाको मातहतमा रहेका निकायहरुमा व्यापक भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद रहेको भन्दै यसको रोकथाम र किसानको समस्याहरु तत्काल समाधान गर्नुपर्ने ६५ बुदे माँग सहित नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो।

तत्काल जनताका माँग सम्वोधन नभए पार्टी चरणबद्ध रुपमा आन्दोलनमा जान बाध्यहुने विज्ञप्तीमा उल्लेख गरिएको छ। पार्टी नगर कमिटीले बुझाएको ज्ञापनपत्रमा ‘देशव्यावपी रुपमा जनविरोधी गतिविधि, भ्रष्टाचार, अनियमितता व्याप्त भइरहेको सन्दर्भमा गोलबजार नगरपालिका पनि अछुतो रहेको छैन। नगरको मातहतमा रहेका निकायहरुमा व्यापक भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद रहेको छ। यी समस्याहरुको यथासिघ्र समाधान होस्, अन्यथा हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौं।’

ज्ञावपन पत्रका तत्काल कृषक कार्ड लागु गर्नुपर्ने, सिजन अनुसारको मल खाद र तथा विउ विजन उपलब्ध गराउनु पर्ने, दैनिक कृषि तथा तरकारी फलफुल बजारको व्यवस्थापन गर्नुपर्ने, पशु बजारमा किसानहरुबाट लिइने विक्रीकरको दर घटाइयोस, किसानको तरकारीको विक्री कर पुर्ण छुट गरियोस्, । अनुदानित रसायनिक मलमा भइरहेको कालाबजारी अन्त गरियोस र दोसी उपर कार्वाहीलगायतका माँग राखेका छन्।
फलफुल तथा तरकारी भन्डारणको चिस्यान केन्द्र, नगर भित्रका किसानहरुले पालेको सबै पशु चौपायाहरुको निःशुल्क विमाको व्यवस्था गरियोस्, दुध चिस्यान केन्द्र स्थापना जस्ता माँगहरु राखेका छन्।
नगर भित्रको सम्पुर्ण निजि तथा समुदायिक विद्यालयहरुको पाठयपुस्तकमा एक रुपता, निजी विद्यालयहरुले वर्षेनी पाठयपुस्तक फेर्ने परिपाटीमा रोक लगाइयोस्, समपुर्ण सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठनको व्यवस्था गरियोस्, सामुदायिक विद्यालयहरुमा भइरहेको आर्थिक अनियमितता रोकन ठोस पहल गरियोस्, प्रत्येक वडामा माध्यमिक तहको विद्याल स्थापना गरियोस् र नगर भित्रका सम्पुर्ण विधार्थीहरुलाई प्राविधिक मैत्री बनाइयोस् भन्ने माँग गरेको छ।

नगर पालिकाको निर्माणाधिन प्रशासकीय भवन तत्काल संचालनको लागि प्रयास गरियोस्, ६ नम्वर वडामा निर्माण भएको खानेपानी संचालनमा ल्याउन पहल गरियोस् ।

त्यसैगरी, हाट बजार, नदि नला, पोखरी आदिको ठेक्का प्रक्रियाको आमदानि खर्च नियमित पार्द्शी गरियोस्, अर्थिक तग बर्ष २०७९/८० को गागन खोलाको आम्दानि पार्दसि गरियोस् र वडा नम्वर ६ अन्तर्गत पालिकाको प्राविधिक शाखाको छेउबाट भिजन स्कुल हुदै डोहटिया जोडने बाटो गुणस्तरहिन कार्य भएकोले त्यसको छानविन गरी कार्वाहि गरियोस्, जस्तामाँग उल्लेख गरिएको छ।

उनीहरुले पार्टीले उठाएको जायज माँगप्रति तदारुक्ता नदेखाए तत्काल चरणबद्ध आन्दोलनमा जाने बताए। ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले आफ्नो तर्फबाट गर्न सकिने सवै कामहरु तत्काल अगाडी बढाउने र माथिल्लो निकायबाट हुने कामहरु पनि सिफारिस गरि पठाउने बताए।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब