मलंगवामा कर्फ्यु खुकुलो बनाइयो

  • असोज ९, २०८० | ४०२ पटक पढिएको | सीमा संदेश
alt

दुई समुदाय बीचको द्वन्द्वका कारण तनावग्रस्त बनेको मलंगवाको अवस्थालाई मध्यनजर गर्दै गत बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु सोमबारबाट केही खुकुलो बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार दिउँसो एक सूचना जारी गर्दै कर्फ्यु केही खुकुलो बनाएको जनाएको छ । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिए पनि राति भने कायमै राखिएको छ । गएको असोज ४ गते गणेशको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि नगरमा कुनै किसिमका अप्रिय घटना हुन नदिन जिप्रकाले मलंगवा नगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्युले जनजीवन प्रभावित हुन थालेपछि सुरक्षा समितिको बैठकले बिहानदेखि बेलुकासम्म खुला गर्ने र साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै रहने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् । बैठकको निर्णय अनुसार कर्फ्यु नलागेको समयमा साबिकको नगर क्षेत्रभित्र कुनै किसिमको भेला, जुलुस, बैठक वा प्रदर्शन भने गर्न पाइने छैन ।

केही दिनदेखि सामाजिक संजालको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने किसिमका अफवाहहरु फैलाउने काम भइरहेकोले यस्ता विरुद्ध साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब