श्रीमती सहितको साधुसंग दुई देशको नागरिकता ! मठको ८ बिघा जग्गा बेचे, भारतमा करोडौंको सम्पत्ति

  • असोज १६, २०८० | ५४५ पटक पढिएको | सीमा संदेश
alt

श्रीमती, छोराछोरी समेत राखेर महन्त बनेका एक जना साधुले जनकपुरधामको अत्यन्त महँगो मानिने ८ बिघा जमिन बेचेको आरोप लागेको छ ।

सपरिवार नै भारतको नागरिक रहेका रामकिशोर झाले नेपाली नागरिकता पनि प्राप्त गरेका छन् । उनले नेपाली नागरिकताको प्रयोग गरी मठको करोडौं रुपैयाँ मूल्य भएको ८ बिघा बढी जग्गा बिक्री गरेका छन् । नागरिकता र भारत निर्वाचन आयोगको परिचय पत्रमा रामकिशोर झा नाम उल्लेख रहे पनि उनी आफूलाई रामकिशोर दासको रुपमा स्थापित गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ बाट १७११०२/१६६३ नम्बरको नागरिकता प्राप्त गरेका झाले भारत निर्वाचन आयोगबाट ब्ब्थ्२४२०२५६ नम्बरको मतदाता परिचय पत्र प्राप्त गरेका छन् । उनका पिता हरेराम झाको पनि भारत निर्वाचन आयोगको परिचय पत्र रहेको छ । उनकी आमा सरोज देवी पनि भारतमा मतदाता परिचय पत्र प्राप्त भारतीय नागरिक छन् । रामकिशोर झाकी पत्नी साधना देवी पनि भारतीय नागरिक हुन् । भारत निर्वाचन आयोगबाट उनले AAथ्२१२१०९३ नम्बरको मतदाता परिचय पत्र प्राप्त गरेकी छन् ।

भारतको बिहार राज्यको मधुवनी जिल्लाको मुरलिया चक ग्राम पञ्चायतमा रामकिशोर झाको घर रहेको छ । उनका पिता हरेराम झा पनि भारतीय नागरिक नै रहेका छन् । स्थानीय बासिन्दाहरुका अनुसार झाले छोटो समयमा नै जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ मा अवस्थित बिहार कुण्डको रघुबर कुञ्ज मन्दिरको स्वामित्वमा रहेको ८ बिघा भन्दा बढी जमिन बिक्री गरिसकेका छन् । अझै १० कठ्ठा जग्गा रघुबर कुञ्जको बाँकी रहेको छ । सो जग्गा पनि झाले बिक्री गर्ने तयारी गरिसकेका छन् । झाले मठको अत्यन्त महँगा जग्गाहरु बेचेर भारतीय गाउँ मुरलिया चकमा घर जग्गा जोडेका छन् ।

मठमा उनकी पत्नी र छोराहरु समेत रहने गरेको स्थानीयबासीहरुको भनाइ रहेको छ । झा भन्दा पूर्व रघुबर कुञ्जका महन्थ नातामा उनका काका रहेका थिए । महन्थ भएकै कारण उनले विवाह गरेका थिएनन् । रामकिशोर झाले विवाह नगर्ने शर्तमा काकाको चेला भएर मठका महन्त बनेको स्थानीयहरुले बताएका छन् । झाले आफ्ना छोराको जन्मदर्ता बनाउने प्रयास गरेपछि उनी नेपाल र भारत दुबै देशको नागरिक रहेको रहस्य खुलेको छ । झा दुई देशका नागरिक रहेकाले उनका छोराको जन्मदर्ता बनेको छैन् ।

नागरिकतामा गडबडी गरेकै कारण भवेश झा भन्ने एकजना पुर्पक्षका लागि थुनामा रहेका छन् । भारतीय नागरिक रहेका उनी नेपालको दुई स्थानबाट नागरिकता लिएका छन् । स्थानीय बासिन्दाहरुले झाको नागरिकता उपर तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई गुहारेका छन् । दोहोरो नागरिकता लिएका झालाई कारबाही गरी उनले किर्ते नागरिकताबाट गरेको जग्गा बेचबिखन फिर्ताको प्रकृया थाल्न समेत उनीहरुको माग छ । यस सम्बन्धमा झाको मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा स्विच अफ बताइएको छ । जनकपुरधाममा बिक्री गरेको जग्गाहरुबाट आएको नगद भारतीय बैंकमा जम्मा गरेको बताइएको छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब