डिभिजन वन कार्यालय सिरहाले ६० भन्दा बढी सर्पलाई गरे उद्धार

  • असोज १९, २०८० | ४८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज १९ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले जैविक विविधता संरक्षणको लागी सर्प उद्धार तथा पुनर्बास सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मिथला वल्डलाईफ ट्रष्ट धनुषाका अध्यक्ष तथा नेपाल सर्प उद्धार तथा वन्यजन्तु बिज्ञ  देब नारायण मण्डलको सहकार्यमा जिल्लाका वनकर्मी तथा सशस्त्र वन रक्षकहरुलाई एक दिने  प्रशिक्षण दिईएको बताए ।

डिभिजन वन कार्यालय सिरहा लहानका सशस्त्र वन रक्षक टोलीहरुले स्थानिय स्तरबाट २ दर्जन भन्दा बढी सर्प  उद्धार गर्दै आई रहेको डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।

प्रमुख झाका अनुसार यस कार्यालमा दिनहु सर्प उद्धारको लागी फोन आउने गरेको र यस कार्यालयका कर्मचारीहरुले सफल तरिकाबाट उद्धार गर्दै आएपनि अनुभबको अधारमा उद्धार गदै आएको बताए ।

उक्त प्रशिक्षणमा सर्प उद्धार कसरी गर्ने तथा सर्प प्रजातिका बारेमा बिस्तृत जानकारी गराएको वन अधिकृत गंगा प्रसाद यादबले बताए ।

प्रमुख झाका अनुसार सर्प उद्धार कार्य गर्नको लागी कुनै बजेटको ब्यवस्था नरहेपनि वन कर्मी साथीहरु हाल सम्म जिल्लाको बिभिन्न स्थानबाट ६० भन्दा बढी सर्पलाई उद्धार गरेको बताए ।

मधेश प्रदेशमा नै यो पहिलो  डिभिजन वन कार्यालय हो जुन सर्प उद्धार गर्दै आएको हो सो कार्यलाई निरन्तरता दिन बजेट आवश्यक रहेको र सिरहा जिल्ला जस्तै प्रत्येक जिल्लामा सर्प उद्धारका लागी डिभिजन वन कार्यालय मार्फत बजेटको ब्यवस्था गरी तालिम दिई सर्पलाई ब्यवस्था गर्न जरुरी रहेको प्रमुख झाले बताए । यसका लागी हामी मन्त्रालयमा बजेटको माग गरेको बताए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब