ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी

  • असोज २७, २०८० | ३४६ पटक पढिएको | सीमा संदेश
alt

नाबालिका बलात्कारको आरोपमा बैतडीका एक ट्रक चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बिहीवार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा ती नाबालिका अत्तरियाबाट बसेकी थिइन्।  

गएराति मिनी ट्रकमा नै आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले प्रहरीलाई जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले चालक ओझालाई मिनी ट्रकसहित आज पाटन नगरपालिका-६ को हिरापुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चालकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकालाई पाटनमा रहेको सुरक्षित आवासगृहमा राखिएको छ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब