डाक्नेश्वरीका मेयर जन घेराउमा, स्थिति तनावपूर्ण

  • कार्तिक २, २०८० | २१८ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी जिल्लाको डाक्नेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह जनघेराउमा परेका छन् । नगरपालिकाका वडा नम्बर ६ का बासिन्दाहरुले बुधबार दिउँसोदेखि कार्यालयमा नै घेराबन्दी गरेका छन् ।

मेयर मलाहको सुरक्षार्थ भारी संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ रहेका छन् । तर राति साढे ८ बजेसम्म मेयरलाई कार्यालय बाहिर निस्कन दिएको छैन् । वडा नम्बर ६ को पोखरी सम्बन्धी विवादमा मुछिएका मेयरलाई वडाबासीहरुले घेराउ गरेको हो । वडामा रहेको पोखरीको विषयमा मेयर मलाहले गरेको निर्णयप्रति स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

पोखरी ठेक्कासम्बन्धी बिवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका वडाबासीहरुले पालिका घेराउ गरेका हुन् । उनीहरुले टायर बालेर विरोध सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको हो । सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले अप्रिय घटना हुन नसके पनि मेयरलाई मुक्त गराउन सकिएको छैन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी गर्जुसिद्धी बज्राचार्यले मेयर मलाह आप्mनै कार्यकक्षमा असन्तुष्ट पक्षसित वार्ता गरिरहेको बताएका छन् । ‘मेयर साहेब असन्तुष्ट पक्षसित वार्तामा हुनुहुन्छ’ उनले भने, संवादबाट नै समाधान निस्कने छ । नगरपालिका घेराउमा रहेकाहरुमध्ये जनमत पार्टीका कार्यकर्ताहरुले समाचार संकलनमा रहेका एकजना पत्रकारलाई कुटपिट गरेको नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ । पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जनाए अनुसार जिल्ला समितिका सदस्य रहेका सञ्जीव बिक्रम साहलाई जनमत पार्टीका अमरेन्द्र यादव र अनिल यादवले कुटपिट गरेको जनाएका छन् ।

अध्यक्ष देवका अनुसार यादवद्वयले नियोजित रुपमा कुटपिट गरेको साहले जनाएका छन् । तर एसपी बज्राचार्यले हुलमुलमा साहलाई चोटपटक लागेको बताएका छन् । उनीमाथि ताकेर आक्रमण नभएको उनले बताए । पत्रकारलाई हातपात भएपछि अध्यक्ष देवसहितका पदाधिकारी र पत्रकारहरु घटनास्थलमा पुगेका छन् ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब