एउटै पालिकामा दुई जना हाकिम

  • कार्तिक ३, २०८० | ५३२ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको एक पालिकामा मेयर र उपमेयरले छुट्टाछुट्टै हाकिम हाजिर गराएका छन् । जिल्लाको वृन्दावन नगरपालिकामा बिहीबार एकै दिन दुई जना हाकिम हाजिर भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र स्वास्थ्य क्षेत्रका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले दुबै जना बिहीबार वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखमा हाजिर भइ कार्यभार सम्हालेका छन् । पहिला मेयर विनोद प्रसाद कुर्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत पटेललाई कार्यालय प्रमुखको रुपमा हाजिर गराएका थिए ।

मेयर कुर्मीले निमित्त प्रशासकीय अधिकृत पटेललाई हाजिर गराएको केही घण्टा नबित्दै उपमेयर संगीता देवी रामसहित केही वडा अध्यक्षहरुले उपसचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हाजिर गराएका थिए । नेपाली कांग्रेसका पूर्व मेयर रामस्नेही यादव, नेकपा एमालेलगायत दलका नेताहरुको साथ र सहयोगमा उपमेयर रामले प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई हाजिर गराएकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते वृन्दावन नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी उपसचिव प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । सामान्य प्रशासन मन्त्रालयले प्रधानलाई वृन्दावनको कार्यालय प्रमुखको जिम्मेवारी असोज २६ गते नै तोके पनि विभिन्न कारणले उनी कार्तिक १ गतेसम्म पनि हाजिर हुन सकेनन् । मन्त्रालयले प्रधानलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको एकसाता बित्न नपाउँदै कार्तिक १ गते फेरि प्रधानको जिम्मेवारी खोस्दै उनको ठाउँमा सोही नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह अधिकृत स्तर छैटौं तहका कर्मचारी रासनारायण पटेललाई वृन्दावनको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

पटेललाई पनि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी जिम्मेवारी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि कार्तिक १ गतेदेखी लागु हुने गरी दुई महिनासम्मका लागि मात्र पटेललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ । मन्त्रालयले दिएको जिम्मेवारीकै आधारमा पटेललाई मेयर विनोद प्रसाद कुर्मीले भव्य स्वागत गर्दै कार्यालयमा हाजिर गराएका हुन । तर उपमेयरलेसमेत अर्को हाकिम प्रधानलाई हाजिर गराएपछि विवाद उत्पन्न भएको छ भने अर्को तर्फ अब आधिकारीक हाकिम कसलाई मान्ने वा कुन हाकिम रहने, नरहने भन्ने विषयमा समेत अन्योलता उत्पन्न भएको छ ।

हाकिम लगायतको विषयलाई लिएर मेयर कुर्मी र उपमेयर रामबीच पटक पटक विवाद हुँदै आएको छ । मेयर र उपमेयरले आआफनो अनुकूलका हाकिम राख्न चाहेकोले विवाद चर्किदै गएको छ । जसका कारण बिहीबार जिल्लामै पहिलो पटक वृन्दावनमा एकै पटक दुई जना हाकिम हाजिर भएका छन् । मेयरले ल्याउने हाकिमलाई उपमेयरले नमानी आफ्नै अनुकूलका हाकिम राख्न खोजेका कारण वृन्दावन नगरपालिका विगत तीन महिनादेखि प्रशासकीय अधिकृतविहीन रहँदै आएको थियो ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब