डोटीमा जीप दुर्घटना, चार जनाको मृत्यु, पाँच घाइते

  • कार्तिक १९, २०८० | ३०२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको  आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब