टिकटक बन्द गराउने निर्णयको सिरहामा स्वागत, मिर्चैयाका युवाहरुद्वारा मैनबत्ती प्रज्वलन

  • कार्तिक २७, २०८० | ५९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २७ कार्तिक ।  सामाजिक संजाल टिकटक बन्द गर्ने सरकारको निर्णयको सिरहा, मिर्चैयाका यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।

यूवा अभियन्ता पंकज शर्माको नेतृत्वमा यूवाहरुले मिर्चैया बजारमा मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरे । उनीहरुले सरकारलाई निर्णयबाट पछाडी नहट्न आग्रह गरेका छन् ।

शर्मा विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अंश्लिलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ’टिकटक बन्द हुनुपर्छ भने पटक पटक आन्दोलन गरे । आज सरकार बल्ल यथार्थ बुझेर टिकटक बन्द गर्ने निर्णय गर्यो । मलाई अत्यन्त खुशी महसुस भइरहेको छ ‌‌।’

टिकटक बन्द गर्ने सरकारले निर्णय गरेपछि सामाजिक संजाल प्रयोगकर्ता बिभाजित देखिएका छन् । धेरैले टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाब दिइरहेका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब