छठ घाटमा दुव्र्यवहार गरिएको भन्दै मेयर आक्रोशित वडाध्यक्षलाई नगरपालिकामा निषेध गर्ने चेतावनी

  • मंसिर ५, २०८० | ३२६ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाइएको जनाइएको छ । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर व्रतालुहरु र सर्वसाधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान– प्रदान गर्ने चलन रहेको छ । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान–प्रदान गर्नकै लागि छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बताइएको छ ।

मेयर साहले वडाध्यक्ष शिवप्रसन यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुव्र्यवहार गरेको बताइन् । उनले भनिन्,‘म तपाईको घर जान्छु, अनि तपाईको निर्देशन बिना कसैले दुव्र्यवहार गर्न सक्छन् ? सक्दैन नि । त्यहाँ वडाध्यक्षकै उक्साहटमा हामीलाई घाटमा जान दिएन । दुवर््यवहार गर्यो ।’ वडा ८ स्थित २५/३० वटा पण्डाल लागेको थियो तर एउटा पण्डालमा मात्र निषेध गरी आफूहरुलाई दुव्र्यवहार गरेको उनले बताइन् । घाट सजावट तथा व्यवस्थापनका लागि बजेट नदिएको भन्दै यस्तो गरेको थाहा पाएको उनले बताइन । ‘विगतका वर्षहरुमा प्रत्येक वडामा छठ घाटका लागि डेढ लाखदेखि साढे ३ लाखसम्म खर्चिन्थ्यौं’, मेयर साहले भनिन्, ‘तर यस वर्ष वडाध्यक्षहरुले नै त्यसलाई फजूल खर्च भन्दै बजेट विनियोजन गर्न दिएनन् । अहिले म त्यति धेरै रकम कसरी खर्च व्यहोर्छौं ? यसकै लागि घाटमा वडाध्यक्ष यादवले निषेध गरी दुव्र्यवहार गर्न लगायो ।’ मेयर साहले वडाध्यक्ष यादवलाई नगरपालिकामा प्रवेश गर्न नदिने बताइन् । उनले भनिन्, ‘हामीलाई निषेध गर्ने र हामी निषेध गर्न नहुने ? हामी पनि निषेध गर्छौं ।’

यता वडाध्यक्ष यादवले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दाबी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहाँ विवाद भयो, त्यहाँ मेरो छठघाट पनि छैन् ।’

मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहीदिन अगाडि मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब