सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु, एक गम्भीर

  • मंसिर ६, २०८० | १,३५८ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा नगरपालिकामा पर्ने सन्हैठामा दुई मोटरसाइकलमा आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

उक्त घटनामा तीन जनाको मृत्यु र एकजना घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ‌।

उनका अनुसार अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ । सोही ठाउँका १५ वर्षीय यूवराज कुमार यादव गम्भीर घाइते भएका छन्।
 
घाइते यूवराजको उपचार सिरहा प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।

को कुन मोटरसाइकलमा सवार रहेको कुरा खुल्न सकेको छैन् । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब