ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

  • मंसिर ८, २०८० | ३२३ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा  रहेको इकम कलेज र कलेजमा  निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन  चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह  सहभागि हुन लागेका हुन् ।

पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए।

काठमाडौँबाट आज आएका  शाह होटल मेची क्राउनमा बस्नेछन् । शनिबार होटलबाट  कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्‍यालीसहित लैजाने तयारी रहेको थापाले बताए ।

होटलमा पनि उनले आफ्ना समर्थकसँग भेटघाट गर्नेछन् । ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ,’ उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल र्‍यालीसहित उहाँलाई ल्याउने तयारी छ ।’ उनका अनुसार र्‍याली र  पूर्व राजाको स्वागतमा  राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ ।

शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि  शाह दमकस्थीत आफ्नो निवासमा आउनेछन् । आइतबार उनी काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

कलेज र शालिकको उद्घाटन गर्न आउने पूर्व राजा शाहले सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनले बताए । ‘उहाँले सम्बोधन गर्ने कार्यक्रम नरहेको व्यवस्थापनले जानकारी गराएको छ,’ उनले भने,‘होटलबाट कार्यक्रमस्थलसम्म मोटरसाइकल ¥याली निकाल्ने जानकारी आएको छ  ।’

पूर्वराजा आउने र उनी  पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी  गरेपछि  स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ ।

‘काठमाडौँमा आफ्नो पक्षमा आन्दोलन चलिरहेका बेला एउटा कलेजको उद्घाटन सहभागि हुन आउने एउटा बाहाना मात्रै हो,’ सुरक्षा स्रोतले भन्यो,‘ कलेजको उद्घाटन गर्ने भन्दापनि शक्ति  प्रदर्शन गर्ने उदेश्य देखिन्छ ।’

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब