१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल

  • मंसिर २२, २०८० | ४३२ पटक पढिएको | सीमा संदेश
alt

सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५ करोड लागतमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो ।

०६८ मंसिरमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदयेश त्रिपाठीले पुलको शिलान्यास गरेका थिए । पप्पुले केही समय काम गरेर बीचमै छाडिदियो । तीन–चार वर्ष अलपत्र रहेको पुल जनदबाबपछि लुम्बिनी बिल्डर्सले सुरु गरेको थियो ।

३२ मिटर लम्बाइको पुल बनाउनुपर्नेमा उसले १८ मिटर छोट्याएर १४ मिटर कायम गरेको थियो । पुलको सुपर स्ट्रक्चरको काम गरिरहँदा १७ असार ०७८ मा पायर भासियो । त्यसको तीन महिनापछि ३ कात्तिकमा अर्को पनि पायर भासियो । त्यसयता पुल निर्माणमा सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब