रौतहटको कटहरियास्थित ४ ठाउँमा लुटपाट

  • मंसिर २३, २०८० | ३५३ पटक पढिएको | सीमा संदेश
alt

रौतहट ।  रौतहटको कटहरिया स्थित बजारमा गए राति तीन वटा पसल बाट नगद र सामान सहित लाखौंको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एक जना चोरलाई केही नगद र सामानसहित रंगेहात पक्राऊ गरेको छ ।

कटहरिया बजारको हनुमान मन्दिर छेउमा रहेको इलाका प्रहरी कार्यालय बाट मात्र दुई सय मिटर टाढा शिवशङ्कर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाइएको तीन वटा ताला फोडेर बिहीबार मध्यरातमा चोर भित्र पसेर भित्र रहेको पैसा राख्ने गल्लाबाट झन्डै एक लाख रुपैयाँ चोरी गरेर लगेको बताइएको छ ।

त्यस्तै, कटहरिया नगरपालिका भवन छेउकै मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामानसमेत चोरेर लगेको बताइएको छ ।

चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एक जनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा विभिन्न सामान चोरी लागेको पीडितद्वयले बताएका छन् । चोरीको घटनाबारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।

यसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरियाका रामेश्वर राय यादव रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताए।

भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथबाट करिब १५ हजार नगद र केही थान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिए।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादवलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको प्रहरीले जनाएको छ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब