डाक्टरले मृत घोषणा गरेको १५ घण्टापछि जलाउन लैजान लागिएका प्रताप मुसहर जीवितै

  • मंसिर २५, २०८० | ५३१ पटक पढिएको | सीमा संदेश
alt

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उहाँलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आउनुभएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस हुनुभएको थियो । उहाँलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उहाँलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उहाँकी श्रीमती सीता सदाले बताउनुभयो ।

शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताउनुभयो ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उहाँ जीवित पाइएको समाजसेवी कटुवालले जानकारी दिनुभयो ।

अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेका थिए । उहाँको दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको थियो ।

सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उहाँ जीवित रहेको जस्तो देखेपछि उहाँलाई पानी र दुध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको समाजसेवी कटुवालले जानकारी दिनुभयो ।

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् । समाजसेवी राजेन्द्र पोख्रेलका अनुसार मेट्रो न्युरो अस्पतालले गरेको यस किसिमको चरम लापरबाहीको विषयमा स्थानीय प्रशासन र सुरक्षा निकाय गम्भीर बनी घटनामा संलग्न व्यक्ति र अस्पतालमाथि कडा कारबाहीको माग स्थानीयले गरेका छन् ।गोरखापत्रबाट ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब