अवैध रुपमा राखिएको कर्मचारीको तलब रोक्का

  • पुस ३, २०८० | ३३७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अवैध रुपमा राखेका कर्मचारीहरुको तलब सेवा सुविधा कटौती गरिएको छ ।

दरबन्दी भन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दवाव दिँदा दिन नमान्दा सभामुख मण्डल कर्मचारीहरुबाट असन्तुष्ट भएका छन् । दरवन्दी भन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डल कर्मचारीहरुलाई दबाब दिँदै आएका छन् । तर, कर्मचारीहरुले भने अर्थमन्त्रालयवाट स्वीकृत बजेट अनुसार तलब सुविधा मात्र दिन सक्ने भने पछि सभामुख आक्रोशित समेत भएका छन् । तर, अर्थ मन्त्रालयले भने सभामुखलाई कर्मचारी संख्या कम गरी सेवा सुविधामा कटौती गर्न भनेका छन् ।

स्रोतका अनुसार अर्थ मन्त्री संजयकुमार यादवले गत असारमै कर्मचारी कटौती गर्न आग्रह गरिसकेका छन् तर प्रदेश सभामा अहिले पनि उनका पार्टीका कार्यकर्ता सचिवालयमा बस्दै आएका छन् । एक कर्मचारीका अनुसार गत आर्थिक वर्षमा के भयो हामीलाई थाहा छैन् तर, चालु आर्थिक वर्षमा दरबन्दी भन्दा बढी कर्मचारीहरुको सेवा सुविधाहरु कटौती गरिएको छ ।

सभामुख मण्डलले आफ्नो निजी सचिवालयमा आफ्ना ज्वाईसँगै पार्टीका नेता कार्यकर्तालाई भर्तीका केन्द्र बनाएपछि अर्थ मन्त्रालयसंग टकरावको अवस्था आएको छ । ९ जनाको दरवन्दी रहेको सभामुखको सचिवालयमा करिव १५ जना कार्यरत रहेका छन् । सभामुख सवैलाई धैर्य धारण गर्नकालागि भनि रहेका छन् । तलब सेवा सुविधा प्राप्त नगर्नेहरु पटक पटक पेट्रोल माग्ने, भत्ता माग्ने लगायतका तनाव कर्मचारीहरुलाई दिने गरेका छन् ।

सभामुख मण्डल माओवादी केन्द्रमा हुँदा इमान्दार नेताको रुपमा चिन्हिने गरेका थिए । तर, नेकपा एमालेवाट गत प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएपछि सभामुख बन्न सफल भएका थिए । उनमा परिवारवाद र नातावाद कृपावाद नरहेको बताउँदै उनकै पार्टीका एक नेताले भने– ‘सवैलाई इमान्दारीको प्रवचन दिने सभामुख मण्डल आफ्नै ज्वाईलाई लाखौं रुपैयाँको फाइदा गराउँदै नातावाद कृपावादमा लागेका छन् ।’ विभिन्न मञ्चमा सभामुखले दिने गरेको अभिव्यक्ति र प्रयोगात्मक जिवनमा अकाश पतालको फरक रहेको ती नेताले बताए ।

सभामुख मण्डलको जनकपुरधाममै घर हुँदा हुँदै उनी प्रदेश सभाको क्वाटरमा बस्ने गरेका छन् । प्रदेश सभा सदस्यहरुका लागि जनकपुरधाममा घर भएकाहरुलाई क्वाटर नदिने नलिने आपसी सहमति भए पनि सभामुख क्वाटर कव्जा गरेर बसेका छन् । सेवा सुविधाको नाउँमा रहेको हरेक सेवा सुविधा लिने गरेका छन् । आफ्ना परिवार संगै क्वाटरमा बस्दै आएका सभामुख मण्डललाई अर्थ मन्त्रालयले बजेट कटौती समेत गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब